देशभरका नगरपालिकालाई पछि पार्दै पोखरा महानगर सर्वोत्कृष्ट, प्रमुख आयार्यद्वारा धन्यवाद तथा कृतज्ञता ज्ञापन
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकालाई सर्वोत्कृष्ट घोषणा गरेकोमा नेपाल नगरपालिका संघलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रमुख आर्चायले कामको मूल्याङ्कन गर्दै सर्वोत्कृष्ट घोषणा गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।
महानगर प्रमुख आचार्य सामाजिक सञ्जालमा लेख्छन्, “सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनमा विशेष कार्यसम्पादन गर्दै देशभरका नगरपालिकामध्ये ९५ अंक हासिल गरी हाम्रो पोखरा महानगरपालिका सर्वोत्कृष्ट नगरपालिका र महानगरपालिका घोषित भई अवार्ड प्राप्त गरेको छ ।”
नेपाल नगरपालिका संघद्वारा प्रदान गरिएको म्युनिसिपल एक्सिलेन्स अवार्ड सभामुख डिपी अर्यालबाट ग्रहण गर्ने अवसर प्राप्त भएको प्रमुख आचार्यले जनाएका छन् । “यस खुशीको अवसरमा महानगरपालिका परिवार तथा सम्पूर्ण महानगरवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु”, प्रमुख आचार्यले सामाजिक सञ्जालमा लेखेका छन् ।
पुरस्कार ग्रहण गरेपछि नगर प्रमुख आचार्यले यो अवार्ड पोखरा र सम्पूर्ण पोखरेलीका लागि निकै महत्वपूर्ण रहेको यस सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् । आचार्यले यो सफलता नगरवासीहरुको निरन्तर साथ र विकास प्रतिको प्रतिबद्धताका कारण सम्भव भएको उल्लेख गरेका छन् ।
नेपाल नगरपालिका संघको ३३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा प्रतिनिधि सभाका सभामुख अर्यालले महानगर प्रमुख आचार्यलाई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ हस्तान्तरण गर्नु भएको थियो ।
पोखराले देशभरका अन्य नगरपालिकाहरुलाई पछि पार्दै यो सफलता हात पारेको हो । पोखराले विशेषगरी पूर्वाधार र विपद् व्यवस्थापनमा गरेको कामलाई मूल्यांकनको मुख्य आधार बनाइएको थियो ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












