साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड
दुबई । साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन् । पाँच साउदी र जोर्डनका दुई नागरिकलाई प्रतिबन्धित ‘एम्फेटामाइन’ चक्की ओसारपसार गरेको अभियोगमा दोषी ठहर गरेको साउदी प्रेस एजेन्सीले अधिकारीहरूलाई उद्धृत गरी जनाएको छ ।
‘अपराधीहरूलाई विवेकपूर्ण सजायको रूपमा आइतबार रियादमा मृत्युदण्ड दिइएको छ,’ साउदी प्रेस एजेन्सीले लेखेको छ। साउदी अरबको सरकारी तथ्यांकमा आधारित एएफपीको तथ्यांकअनुसार सन् २०२६ को सुरुदेखि रियादले मृत्युदण्ड दिएका ६१ जनामध्ये लागुऔषधसँग सम्बन्धित मुद्दामा ३८ जनालाई मृत्युदण्ड दिएको छ।
यस वर्ष मृत्युदण्ड दिइनेमध्ये ३३ जना अर्थात् अधिकांश विदेशी नागरिकहरू छन् । सन् २०२५ मा साउदी अरबमा मृत्युदण्डका घटनाले लगातार दोस्रो वर्ष उच्च रेकर्ड कायम गरेको थियो। सन् २०२५ मा अधिकारीहरूले ३५६ जनालाई मृत्युदण्ड दिएका थिए भने त्यसमध्ये लागूपदार्थसँग सम्बन्धित मामिलामा २४३ जना रहेका थिए।
सन् १९९० मा एम्नेस्टी इन्टरनेशनलले खाडी अधिराज्यमा मृत्युदण्डका मुद्दाहरूको दस्तावेजीकरण गर्न थालेयता सन् २०२५ मा एकै वर्षमा दिइएका मृत्युदण्डको संख्या सबैभन्दा बढी हो। यसअघि सन् २०२४ मा ३३८ जनालाई मृत्युदण्ड दिइएको उच्च रेकर्ड रहेको थियो । साउदी अरबले लागूऔषध मामिलामा मृत्युदण्डको प्रयोगलाई करिब तीन वर्षसम्म निलम्बन गरेपछि सन् २०२२ को अन्त्यदेखि लागुऔषध अपराधका लागि मृत्युदण्डको सजाय पुनः सुरु गरेको थियो।
संयुक्त राष्ट्रसंघका अनुसार अरब विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र लागुऔषध ओसारपसारका लागि सबैभन्दा ठूलोमध्येको बजार पनि हो। अपदस्थ सिरियाली नेता बशर अल–असदको नेतृत्वमा रहेको सिरियाबाट उनी सबैभन्दा ठूलो निर्यात हुने गरेको बताउने गरिएको छ।
खाडी राज्यले मृत्युदण्डको प्रयोगलाई लिएर निरन्तर आलोचनाको सामना गर्नु परेको छ, जसलाई अधिकारवादी समूहहरूले अत्यधिक भन्दै निन्दा गरेका छन् र यो विश्वसामु आधुनिक छवि प्रस्तुत गर्ने साउदी अरबको प्रयासको विपरीत छ ।
अधिकारकर्मीहरू भन्छन्, रियादले मृत्युदण्डलाई निरन्तर अँगालेको छ जसले अधिक खुला, सहिष्णु समाजको छविलाई कमजोर पार्छ । राजकुमार मोहम्मद बिन सलमानको सामाजिक र आर्थिक सुधारको एजेन्डाको केन्द्रबिन्दु लागुऔषध कारोबार नियन्त्रण हो । -रासस/एएफपी
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












