साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड
दुबई । साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन् । पाँच साउदी र जोर्डनका दुई नागरिकलाई प्रतिबन्धित ‘एम्फेटामाइन’ चक्की ओसारपसार गरेको अभियोगमा दोषी ठहर गरेको साउदी प्रेस एजेन्सीले अधिकारीहरूलाई उद्धृत गरी जनाएको छ ।
‘अपराधीहरूलाई विवेकपूर्ण सजायको रूपमा आइतबार रियादमा मृत्युदण्ड दिइएको छ,’ साउदी प्रेस एजेन्सीले लेखेको छ। साउदी अरबको सरकारी तथ्यांकमा आधारित एएफपीको तथ्यांकअनुसार सन् २०२६ को सुरुदेखि रियादले मृत्युदण्ड दिएका ६१ जनामध्ये लागुऔषधसँग सम्बन्धित मुद्दामा ३८ जनालाई मृत्युदण्ड दिएको छ।
यस वर्ष मृत्युदण्ड दिइनेमध्ये ३३ जना अर्थात् अधिकांश विदेशी नागरिकहरू छन् । सन् २०२५ मा साउदी अरबमा मृत्युदण्डका घटनाले लगातार दोस्रो वर्ष उच्च रेकर्ड कायम गरेको थियो। सन् २०२५ मा अधिकारीहरूले ३५६ जनालाई मृत्युदण्ड दिएका थिए भने त्यसमध्ये लागूपदार्थसँग सम्बन्धित मामिलामा २४३ जना रहेका थिए।
सन् १९९० मा एम्नेस्टी इन्टरनेशनलले खाडी अधिराज्यमा मृत्युदण्डका मुद्दाहरूको दस्तावेजीकरण गर्न थालेयता सन् २०२५ मा एकै वर्षमा दिइएका मृत्युदण्डको संख्या सबैभन्दा बढी हो। यसअघि सन् २०२४ मा ३३८ जनालाई मृत्युदण्ड दिइएको उच्च रेकर्ड रहेको थियो । साउदी अरबले लागूऔषध मामिलामा मृत्युदण्डको प्रयोगलाई करिब तीन वर्षसम्म निलम्बन गरेपछि सन् २०२२ को अन्त्यदेखि लागुऔषध अपराधका लागि मृत्युदण्डको सजाय पुनः सुरु गरेको थियो।
संयुक्त राष्ट्रसंघका अनुसार अरब विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र लागुऔषध ओसारपसारका लागि सबैभन्दा ठूलोमध्येको बजार पनि हो। अपदस्थ सिरियाली नेता बशर अल–असदको नेतृत्वमा रहेको सिरियाबाट उनी सबैभन्दा ठूलो निर्यात हुने गरेको बताउने गरिएको छ।
खाडी राज्यले मृत्युदण्डको प्रयोगलाई लिएर निरन्तर आलोचनाको सामना गर्नु परेको छ, जसलाई अधिकारवादी समूहहरूले अत्यधिक भन्दै निन्दा गरेका छन् र यो विश्वसामु आधुनिक छवि प्रस्तुत गर्ने साउदी अरबको प्रयासको विपरीत छ ।
अधिकारकर्मीहरू भन्छन्, रियादले मृत्युदण्डलाई निरन्तर अँगालेको छ जसले अधिक खुला, सहिष्णु समाजको छविलाई कमजोर पार्छ । राजकुमार मोहम्मद बिन सलमानको सामाजिक र आर्थिक सुधारको एजेन्डाको केन्द्रबिन्दु लागुऔषध कारोबार नियन्त्रण हो । -रासस/एएफपी
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












