हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन: अन्तर्राष्ट्रिय समुद्री सङ्गठन
काठमाण्डौ – अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको राष्ट्रसङ्घको सामुद्रिक निकायले बताएको छ । अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आईएमओ)का महासचिव आर्सेनियो डोमिन्गुएजले इरानविरुद्ध अमेरिका र इजरायलले आक्रमण गरेपछि युद्ध शुरू भएको ६ हप्तापछि हर्मुज जलमार्ग अवरुद्ध हुनु अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताउनुभएको एएफपीले जनाएको छ ।
अमेरिकाले हिजोदेखि हर्मुज र वरपरका इरानी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेको छ । यो क्षेत्र अहिले इरानी सेनाले नियन्त्रणमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय कानुनले कुनै पनि देशलाई अन्तर्राष्ट्रिय पार वहनका लागि प्रयोग हुने जलमार्गको प्रयोगको स्वतन्त्रतालाई निषेध वा अवरुद्ध गर्ने अधिकार नरहेको आईएमओ प्रमुखले स्पष्ट पार्नुभएको छ ।
इरानले आफ्ना सहयोगी देशका जहाजहरूलाई जलमार्ग पार गर्न अनुमति दिइरहेको छ भने केही देशहरूलाई पैसा तिर्नुपर्ने बताएको छ । मध्यपूर्व र विशेष गरी हर्मुज क्षेत्रमा देखिएको संकटलाई सम्बोधन गर्न र जहाज सञ्चालनमा मद्दत गर्न सङ्गठनले पहल शुरू गरेको जनाएको छ ।यसैबीच संयुक्त राष्ट्र संघले ‘सबै पक्ष’लाई हर्मुज जलमार्गमा आवागमन स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ । राष्ट्र संघका प्रवक्ता स्टेफान दुजारिकले महासचिव एन्टोनियो गुटेरेसको भनाइ उद्धृत गर्दै हर्मुजमा आवागमन स्वतन्त्रताको सम्मान गर्न सबै पक्षलाई आह्वान गर्नुभएको अलजजिराले जनाएको छ ।
वाशिङ्टन र तेहरानबीच इस्लामाबादमा भएका वार्ता असफल भएपछि अमेरिकी सेनाले इरानी समुद्री आवागमनमाथि नाकाबन्दी लागू गरेपछि मध्यपूर्वमा तनाव थप चर्किँदै गएको छ ।युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा ऊर्जा सङ्कट बढ्दै गएको छ भने विश्व अर्थतन्त्र प्रभावित हुने सङ्केत देखिएको छ ।
Comments
अरु समाचार
-
न्यायाधीश रेग्मी र अख्तियार प्रमुखविरुद्धको महाअभियोग रितपूर्वक छैन: संसद महासचिव पाण्डे
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईमाथि महाभियोगको माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता भएको...
-
बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट: वायुसेवा निगम
काठमाडौं । नेपाल वायुसेवा निगमले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने निगमसम्बन्धी सम्पूर्ण...
-
रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको तयारी तीव्र: अर्थसचिव डा. उपाध्याय
काठमाडौँ । भोटेकोशी बाढीपछि ३३ देशले राहत तथा उद्धार सामग्री दिएको अर्थसचिव डा. घनश्याम उपाध्यायले जानकारी दिएका छन् । अर्थ...
-
कर्णालीका वन सचिव कर्ण, सुर्खेतको डिएफओ दास प्रधानमन्त्री कार्यालय र अख्तियारभन्दा माथि !
काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्ण, डिभिजन वन कार्यालयका डिएफओ राधाकृष्ण दास र...
-
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) द्वारा जेनीजी विद्रोहको स्मरण र वैज्ञानिक समाजवादी सत्ता स्थापनाको आह्वान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा एक प्रेस वक्तव्य जारी...
-
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गरियोस् : नेपाली कांग्रेस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। जेनजी आन्दोलन भएको एक वर्ष...
-
जेनजी आन्दोलनको सन्देश आत्मसात् गरौं : पूर्वप्रधानमन्त्री कार्की
काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको सन्देशलाई गम्भीरतापूर्वक आत्मसात् गर्न आग्रह गरेकी छन्। जेनजी आन्दोलन...
-
जेनजी आन्दोलनको एक वर्ष पूरा, आज जेनजी शहीद दिवस
काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन...
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...












