वीरगन्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व संकलन
वीरगन्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व संकलन गरेको छ । कार्यालयले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १६ अर्ब २० करोडअर्थात् १० प्रतिशत बढी राजस्व संकलन गरेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सार कार्यालयले चालु आवको नौ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व संकलन गरेको बताए । भन्सार विभागले कार्यालयका लागि चालु आवको नौ महिनामा भने रु एक खर्ब ९९ अर्ब ३४ करोड लक्ष्य निर्धारण गरेको थियो ।
वीरगञ्ज भन्सारले चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व संकलन गरेको थियो । त्यस्तै पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रु १९ अर्ब ३४ करोड र चैतमा रु २२ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ ।
भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर, चालु आवको नौ महिनामा कूल वार्षिक लक्ष्यको ६५ प्रतिशत मात्रै राजस्व सङ्कलन हुन सकेको छ । चालु आवको तीन महिना अझै बाँकी रहेकाले पनि थप राजस्व संकलन हुने सम्भावना भने कायमै छ ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












