नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य एक अंकले घटेको नेप्से आज एक दशमलव ५४ अंकले बढेर २७ सय ८८ दशमलव ७० अंकमा पुगेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २० अंकले घटेर चार सय ६८ दशमलव शून्य सात अंकमा झरेको छ ।नेप्सेमा आज तीन सय ५१ वटा कम्पनीहरुको ७५ हजार दुई सय २९ पटकको कारोबारमा एक करोड २१ लाख ७४ हजार पाँच सय १६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब २७ करोड तीन लाख ९९ हजार सात सय २७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा छवटा समूहहरुको सूचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समूहको सूचक तीन दशमलव १९ अंकले बढेर १४ सय ४६ दशमलव ८२ अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक पनि १३ दशमलव ५२ अंकले बढेर पाँच हजार नौं सय ८० दशमलव सात अंकमा चढेको छ ।
जलबिद्युत समूहको सूचक पनि १० दशमलव १८ अंकले बढेर तीन हजार नौं सय ९९ दशमलव ६७ अंकमा पुगेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक र व्यापार समूहको सूचक पनि क्रमशः २६ दशमलव ८४, ७७ दशमलव ६५ र २२ दशमलव २९ अंकले बढेका छन् ।
यि बाहेक फाइनान्स समहूको सूचक १४ दशमलव ९८ अंकले घटेर २३ सय ८० दशमलव ८० अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ३३ दशमलव ७२ अंले घटेर १२ हजार पाँच सय ४३ दशमलव ६२ अंकमा पुगेको छ ।
निर्जीवन बीमा समूहको सुचक पनि सात दशमलव शून्य दुई अंकले घटेर १० हजार आठ सय ८१ दशमलव ८४ अंकमा झरेकोमा लगानी, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समूहको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य दुई, १७ दशमलव २१, शुन्य दशमलव शून्य एक र २० दशमलव ८७ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पाल्पा सिमिन्ट परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा मेन्छियाम हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने रिडी हाईड्रोपावर कम्पनी पहिलो स्थानमा परेको छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












