सी र ट्रम्पबीच भयाे द्विपक्षीय वार्ता, द्वन्द्व नगरि साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड
बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा द्विपक्षीय वार्ता भएको छ । वार्ताका क्रममा राष्ट्रपति सीले नयाँ युगमा दुई ठुला देशबिच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने सही बाटो पहिल्याउनु पर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रपति सीले दुई देशबिच मतभेदभन्दा साझा हितका विषयहरू बढी रहेको उल्लेख गर्दै एकको सफलता अर्कोका लागि अवसर हुने बताउनुभयो । चीन र अमेरिकाबिचको स्थिर सम्बन्ध विश्वका लागि लाभदायक हुने चर्चा गर्दै उहाँले सहकार्यबाट दुवै पक्षलाई फाइदा हुने र टकरावले दुवैलाई नोक्सानी पुग्ने धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रपति सीले भन्नुभयो, “हामी प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ । हामीले एक अर्कालाई सफल हुन र सँगै समृद्ध बन्न मद्दत गर्नुपर्छ ।”विश्वमा एक शताब्दीयता नदेखिएको परिवर्तनको गति तीव्र भइरहेको र अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर रहेको सन्दर्भ जोड्दै चिनियाँ राष्ट्रपतिले विश्व अर्को दोबाटोमा उभिएको बताउनुभयो ।
उहाँले चीन र अमेरिकाले ठुला शक्तिबिचको द्वन्द्वको जोखिमलाई पार गर्दै प्रमुख राष्ट्रहरूबिचको सम्बन्धको नयाँ नमुना तयार गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न आजको समयको मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति सीले दुवै देशका जनताको हित र मानवताको भविष्यका लागि विश्वव्यापी चुनौतीहरूको मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सन् २०२६ लाई चीन–अमेरिका सम्बन्धका लागि ऐतिहासिक र कोशेढुङ्गा सावित हुने वर्षका रूपमा हेर्न चाहेको समेत व्यक्त गर्नुभएको छ । सिन्ह्वा
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












