आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहित पौडेलले नटआउट ७४, ईशान पाण्डेले ५५ रन बनाए । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका पाण्डेको यो पहिलो अर्धशतक हो । स्कटल्यान्डका मार्क वाटले २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ३९ ओभर १ बलमा १९४ रन बनाउँदा सबै विकेट गुमायो । स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले ७३, माइकल इङ्ग्लिशले ५१ रन बनाए । नेपालका ललित राजवंशीले ४, सन्दीप लामिछानेले ३ विकेट लिए ।
यो जीतसँगै नेपाल लिग–२ तालिकामा २७ खेलमा २२ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ । यस्तै स्कटल्यान्ड ३१ खेलमा ३८ अङ्कसहित शीर्ष स्थानमा र अमेरिका २६ खेलमा ३६ अङ्कसहित दोस्रो स्थानमा छ ।
कीर्तिपुरमा चलिरहेको लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो ।आजको खेलमा सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । २५ वर्षीय सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा छिटो १५० खेलमा विकेट लिने खेलाडी बनेका हुन् ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












