ट्रम्प फर्किएलगत्तै पुटिन चीनको औपचारिक भ्रमणमा जाँदै
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भोलि चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा पुटिनले राजकीय भ्रमण गर्न लाग्नुभएको हो । यसअघि ट्रम्पले यही मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्नुभएको थियो । झन्डै १ दशकपछि भएको अमेरिकी राष्ट्रपतिको चीन भ्रमण विश्वको नजरमा थियो । यसको ठीक ३ दिनपछि रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्नु हुने भएको हो ।
भ्रमणमा पुटिन र सी जिनपिङले द्विपक्षीय सम्बन्ध, चीन र रुसबीचको व्यापक साझेदारी र रणनीतिक सहयोगलाई अझ गहिरो बनाउने तरिका र महत्त्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । दुई देशले उच्चस्तरीय संयुक्त वक्तव्य र धेरै द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर गर्ने योजना बनाइरहेका खबरमा उल्लेख छ ।
रुससँग चीनको गहिरिँदै गएको सम्बन्ध पश्चिमा देशहरूका लागि चिन्ताको विषय बनेको छ । विशेषगरी रुसले युक्रेनमा आक्रमण शुरू गरेदेखि दुई देश नजिकिएका छन् । सी र पुटिनबीच ४० भन्दा धेरै पटक भेटवार्ता भइसकेको बेलायती पत्रिका ‘द गार्जियन’ ले लेखेको छ । सन् २०२२ यता चीन र रुसको द्विपक्षीय व्यापार कीर्तिमानी स्तरमा पुगेको छ । रुसको कुल निर्यातको एक चौथाइभन्दा धेरै हिस्सा चीनले ओगटेको छ ।
Comments
अरु समाचार
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री सुधन गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...
-
मधेसमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको ज्यान गयो
जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई महिनामै विपद्का ४५९ घटना भएका छन् । ती घटनामा...













