विश्वकप २०२६: नेयमारको पुनरागमन हुने भएपछि खेलप्रेमीमा उत्साह
काठमाडौँ । नेयमार ब्राजिलको २६ सदस्यीय विश्वकप टोलीमा समावेश भएका छन् । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यस गर्मीयाममा हुने विश्वकपका लागि टोली घोषणा गरेका हुन् । हाल ब्राजिलियन क्लब सान्तोसबाट खेलिरहेका ३४ वर्षीय नेयमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् ।
उनले १२८ खेलमा ७९ गोल गरेका छन् । तर चोटका कारण उनी २०२३ यता ब्राजिल टोली ‘सेलेसाओ’बाट खेलेका थिएनन् । यस पटक टोलीमा परेपछि नेयमारले चौथो विश्वकप खेल्ने भएका छन् । उनले यसअघि २०१४, २०१८ र २०२२ विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरेका थिए ।
कार्लो एन्सेलोटीले रियो दि जेनेरियोमा आयोजित कार्यक्रममा टोली घोषणा गरेका थिए । नेयमारको नाम घोषणा हुँदा समर्थकहरूले खुसी व्यक्त गर्दै ठूलो ताली बजाएका थिए । ६६ वर्षीय एन्सेलोटीले भने, ‘हामीले पूरै वर्ष नेयमारको विश्लेषण गर्यौं। पछिल्लो समय उनले निरन्तर खेलिरहेका छन् र शारीरिक रूपमा पनि राम्रो अवस्थामा छन् भन्ने महसुस गर्यौं ।’
एलिसन बेकर पनि टोलीमा परेका छन्, यद्यपि उनी चोटका कारण लिभरपुलका पछिल्ला १० खेल गुमाएका थिए । त्यस्तै कासेमिरो र माथेउस कुन्हा (म्यानचेस्टर युनाइटेड), ब्रुनो गिमारेस (न्युक्यासल युनाइटेड), गाब्रिएल मागाल्हाएस (आर्सनल), इगोर थियागो (ब्रेन्टफोर्ड) र रायन (बोर्नमाउथ) पनि टोलीमा समावेश भएका छन् ।
तर जोआओ पेड्रो भने टोलीमा पर्न सकेनन् । उनले यस सिजन चेल्सीका लागि प्रिमियर लिगमा १५ गोल र पाँच असिस्ट गर्दै टोलीका सर्वाधिक गोलकर्ता बनेका थिए। अन्य खेलाडीमा भिनिसियस जुनियर (रियल म्याड्रिड), राफिन्हा (बार्सिलोना) तथा एन्ड्रिक पनि छन्, जो लियोनमा लोनमा खेलिरहेका छन् ।
पाँच पटकको विश्व विजेता ब्राजिलले समूह ‘सी’मा जुन १३ मा मोरक्को, जुन २० मा हाइटी र चार दिनपछि स्कटल्याण्डसँग खेल्नेछ । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने ४८ टोली सहभागी विस्तारित विश्वकप जुन ११ बाट सुरु हुनेछ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












