विश्वकप २०२६: नेयमारको पुनरागमन हुने भएपछि खेलप्रेमीमा उत्साह
काठमाडौँ । नेयमार ब्राजिलको २६ सदस्यीय विश्वकप टोलीमा समावेश भएका छन् । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यस गर्मीयाममा हुने विश्वकपका लागि टोली घोषणा गरेका हुन् । हाल ब्राजिलियन क्लब सान्तोसबाट खेलिरहेका ३४ वर्षीय नेयमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् ।
उनले १२८ खेलमा ७९ गोल गरेका छन् । तर चोटका कारण उनी २०२३ यता ब्राजिल टोली ‘सेलेसाओ’बाट खेलेका थिएनन् । यस पटक टोलीमा परेपछि नेयमारले चौथो विश्वकप खेल्ने भएका छन् । उनले यसअघि २०१४, २०१८ र २०२२ विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरेका थिए ।
कार्लो एन्सेलोटीले रियो दि जेनेरियोमा आयोजित कार्यक्रममा टोली घोषणा गरेका थिए । नेयमारको नाम घोषणा हुँदा समर्थकहरूले खुसी व्यक्त गर्दै ठूलो ताली बजाएका थिए । ६६ वर्षीय एन्सेलोटीले भने, ‘हामीले पूरै वर्ष नेयमारको विश्लेषण गर्यौं। पछिल्लो समय उनले निरन्तर खेलिरहेका छन् र शारीरिक रूपमा पनि राम्रो अवस्थामा छन् भन्ने महसुस गर्यौं ।’
एलिसन बेकर पनि टोलीमा परेका छन्, यद्यपि उनी चोटका कारण लिभरपुलका पछिल्ला १० खेल गुमाएका थिए । त्यस्तै कासेमिरो र माथेउस कुन्हा (म्यानचेस्टर युनाइटेड), ब्रुनो गिमारेस (न्युक्यासल युनाइटेड), गाब्रिएल मागाल्हाएस (आर्सनल), इगोर थियागो (ब्रेन्टफोर्ड) र रायन (बोर्नमाउथ) पनि टोलीमा समावेश भएका छन् ।
तर जोआओ पेड्रो भने टोलीमा पर्न सकेनन् । उनले यस सिजन चेल्सीका लागि प्रिमियर लिगमा १५ गोल र पाँच असिस्ट गर्दै टोलीका सर्वाधिक गोलकर्ता बनेका थिए। अन्य खेलाडीमा भिनिसियस जुनियर (रियल म्याड्रिड), राफिन्हा (बार्सिलोना) तथा एन्ड्रिक पनि छन्, जो लियोनमा लोनमा खेलिरहेका छन् ।
पाँच पटकको विश्व विजेता ब्राजिलले समूह ‘सी’मा जुन १३ मा मोरक्को, जुन २० मा हाइटी र चार दिनपछि स्कटल्याण्डसँग खेल्नेछ । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने ४८ टोली सहभागी विस्तारित विश्वकप जुन ११ बाट सुरु हुनेछ ।
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












