चरित्र हत्या गर्ने उद्देश्यले म विरुद्ध ‘मिडिया ट्रायल’ हुँदैछः पूर्वमन्त्री खड्का
काठमाडौं । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफ्नो चरित्रहत्या र बदनाम गर्ने उद्देश्यले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत ‘मिडिया ट्रायल’ भइरहेको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै खड्काले हालै एउटा दैनिक पत्रिकाले आफूविरुद्ध ‘एक अर्बभन्दा बढी सम्पत्ति भेटिएको’ भन्ने आशयको समाचार प्रकाशन गरेको उल्लेख गर्दै त्यसको कपी विभिन्न अनलाइन र सामाजिक सञ्जालमा व्यापक रूपमा फैलाइएको बताएका छन्।
उनले आफू राजनीतिमा आउनुअघि देखि नै व्यवसायमा सक्रिय रहेको र हालसम्मका सम्पूर्ण आर्थिक गतिविधि अडिट तथा कर प्रणालीभित्र रहेको दाबी गरेका छन्। खड्काले राज्यलाई तिर्नुपर्ने सबै कर तिरेको उल्लेख गर्दै राजनीति मार्फत समाजसेवा, विकास र जनहितका काममा सक्रिय रहेको बताएका छन्।
खड्काले सम्पत्ति शुद्धीकरण विभागलगायत राज्यका निकायले आफूविरुद्ध विगतमा अनुसन्धान गरेको स्मरण गर्दै सर्वोच्च अदालतबाट न्याय पाएको दाबी गरे। उनले सम्बन्धित विभागहरूले समेत आफ्नो विषयमा स्पष्ट पारिसकेको उल्लेख गर्दै आफू अनुसन्धानमा सदैव सहयोग गर्न तयार रहेको बताए।
पूर्वमन्त्री खड्काले आफूविरुद्ध नियोजित र तथ्यहीन समाचार सम्प्रेषण भइरहेको आरोप लगाउँदै यस विषयमा प्रेस काउन्सिल नेपाल मा निवेदन दिइसकेको र कानुनी उपचार प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्।
पूर्वमन्त्री खड्काको फेसबुक स्टाटस जस्ताको तस्तै:
“मेरो बारेमा केही समयदेखि निरन्तर भ्रामक, कपोलकल्पित, चरित्र-हत्या गर्ने तथा बदनाम गराउने उद्देश्यबाट “मिडिया ट्रायल” गरि समाचार सम्प्रेषण भैइरहेकोप्रति म आश्चर्यचकित छु । आज मात्रै नयाँ पत्रिका दैनिकले “पूर्वमन्त्री खड्कासँग भेटियो एक अर्बमाथिको सम्पत्ति, धैरै सम्पत्तिको स्रोत खुलाउन सकेनन् “ भन्ने समाचार छापेछ । यो कपी (हु- बहु शेयर) गदै दर्जनौ अनलाइन तथा सामाजिक सञ्जालमा समाचार सम्प्रेषणप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
मलाई पनि जस्तालाई त्यस्तै जवाफ दिन त आउँछ तर मसँग जिम्मेवारीवोधले हल्का टिप्पणी गर्ने बानी छैन । म राजनीति मात्रै गर्दिन, राजनीतिमा आउनु अघिदेखि ब्यवसाय गदै आएको थिएँ र अहिले पनि छ । सबैको अडिट सहित एक-एक कर राज्यलाई तिरेको छु । राजनीति मार्फत समाजसेवा, देशको विकास र जनताको हितको लागि निरन्तर सक्रिय छु ।
‘म खुला किताव हुँ । राज्यका सबै निकायले गर्ने अनुसन्धानमा मेरो सदैव सहयोग रहन्छ । सम्पत्ति शुद्दिकरण विभागले जेनजी आन्दोलनपछि ८ महिना अनुसन्धान गरेको भन्दै चैत्र १५ गते पक्राउ नै गरेर अनुसन्धान नै गर्यो । सम्पत्ति शुद्दिकरण विभाग, आन्तरिक राजस्व विभाग हुदै राजस्व अनुसन्धान विभाग डुलाएर थुन्ने अनेकौं प्रयास गर्दा सम्मानित सर्वोच्च अदालतबाट न्याय मिलेको सबैमा जगजाहेर नै छ ।
मेरो गल्ती वा कमजोरी भेटेको भए, मलाई छोड्थे होला र ?
सम्वन्धित विभागहरूले पनि यसबारेमा अहिले प्रष्ट पारेकै छन् । खाएको विष लाग्ने हो, नखाएको लाग्दैन । अहिले पनि मिडिया ट्रायल गर्ने, हावादारी र नियोजित, योजनाबद्द समाचार निकाल्नेप्रति धेरै भन्नु छैन । प्रेस काउन्सिलमा निवेदन दिएको छु । यहीबाट कानूनी उपचार सुरु गरेको छु । म भगवानप्रति विश्वास गर्छु, मेरो बदनाम गर्न खोज्ने र गर्नेहरुको भलो नै होस् तर सत्य र तथ्य खोज्ने सद्बुद्धी आओस् । जय नेपाल ! “
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












