नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा अम्बिका पौडेलको उम्मेदवारी किन ?
काठमाडौं । अम्बिका प्रसाद पौडेलले नेपाल उद्योग वाणिज्य महासङ्घ को कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी जेठ ८ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले व्यवसायी समुदायको साझा भावना, संस्थागत विकास र महासङ्घलाई अझ प्रभावकारी तथा सबैको अपनत्व भएको संस्था बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।
पौडेलले महासङ्घको कार्यकारी सदस्यका रूपमा आफू तेस्रो कार्यकालमा रहेको उल्लेख गर्दै व्यवसायी समुदायको माया, विश्वास र समर्थनका कारण प्रत्येक पटक उत्कृष्ट मतसहित निर्वाचित हुँदै आएको बताएका छन्। उनले यसलाई गौरवका साथै थप जिम्मेवारीको विषय भएको उल्लेख गरेका छन्।
यसअघि पूँजी बजार फोरम तथा कर तथा राजस्व समितिको सभापतिको जिम्मेवारी सम्हालिसकेका पौडेलले व्यवसायीका आवाज सरकारसम्म पुर्याउने, कर तथा राजस्वसम्बन्धी जटिलता समाधानका लागि पहल गर्ने तथा निजी क्षेत्रका हितका विषयमा निरन्तर संवाद र सहकार्य गर्दै आएको बताएका छन्।
उनले बलियो अर्थतन्त्रका लागि सक्षम निजी क्षेत्र आवश्यक पर्ने उल्लेख गर्दै पारदर्शी, उत्तरदायी र प्रभावकारी महासङ्घको आवश्यकता औँल्याएका छन्। पौडेलले आफ्नो उम्मेदवारी पद प्राप्तिको आकांक्षाभन्दा पनि संस्थागत सुशासन, व्यवसायीहरूको अधिकार संरक्षण तथा महासङ्घलाई सम्पूर्ण व्यवसायीहरूको साझा घर बनाउने अभियानका रूपमा रहेको बताएका छन्।
साना, मझौला तथा ठूला सबै व्यवसायीका आवाज समान रूपमा सुनिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले आगामी दिनमा अझ बढी समर्पण, इमानदारी र जिम्मेवारीका साथ संस्थाको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पौडेलले महासङ्घको गरिमा, विश्वसनीयता र प्रभावकारितालाई अझ उच्च बनाउने साझा संकल्पसहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेको उल्लेख गर्दै व्यवसायी समुदायसँग साथ, सुझाव र समर्थनको अपेक्षा गरेका छन्।
पौडेलले आफ्नो उम्मेद्वारी सम्बन्धमा सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको स्टाटस जस्ताको तस्तै:
नेपाल उद्योग वाणिज्य महासङ्घको कोषाध्यक्ष पदमा मेरो उम्मेदवारी किन ?
आदरणीय व्यवसायी साथीहरू,
नमस्कार ।
आउँदो जेठ ८ गते सम्पन्न हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासङ्घको कोषाध्यक्ष पदको निर्वाचनमा मैले आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने निर्णय गरेको छु । यो निर्णय मैले कुनै व्यक्तिगत आकांक्षा वा पद प्राप्तिको उद्देश्यले नभई व्यवसायी समुदायको साझा भावना, संस्थागत विकासप्रतिको प्रतिबद्धता तथा महासङ्घलाई अझ सक्षम, प्रभावकारी, बिधि र बिधान अनुसार अघि बढाउन र सबैको अपनत्व भएको संस्था बनाउने दृढ संकल्पका साथ अघि बढाएको हुँ ।
महासङ्घको कार्यकारी सदस्यका रूपमा यो मेरो तेस्रो कार्यकाल हो । यहाँसम्म आइपुग्दा तपाईंहरू सबैको माया, विश्वास, सद्भाव र निरन्तर साथका कारण म प्रत्येक पटक उत्कृष्ट मतसहित निर्वाचित हुँदै आएको छु । यो मेरो लागि गौरवको विषय मात्र नभएर झन ठूलो जिम्मेवारीको अनुभूति पनि हो । त्यसका लागि सम्पूर्ण व्यावसायी साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
यसअघि मैले पूँजी बजार फोरम तथा कर तथा राजस्व समितिको सभापतिको जिम्मेवारी निर्वाह गर्ने अवसर पाएको थिएँ । ती भूमिकामा रहँदा व्यवसायीका आवाज सरकारसम्म पुर्याउने, कर तथा राजस्वसम्बन्धी जटिलताहरू समाधानका लागि पहल गर्ने, ।कर , भन्सार , अन्तशुल्क लगायतका कानुनका व्यवहारिक समस्याहरू उठान गर्ने तथा निजी क्षेत्रका हितका पक्षमा निरन्तर संवाद र सहकार्य गर्ने प्रयास गर्दै आएको छु ।
मेरो विश्वास छ- बलियो अर्थतन्त्रका लागि बलियो निजी क्षेत्र आवश्यक हुन्छ र बलियो निजी क्षेत्रका लागि सक्षम, पारदर्शी तथा उत्तरदायी नेपाल उद्योग वाणिज्य महासङ्घ उत्तिकै अपरिहार्य हुन्छ । त्यसैले मेरो उम्मेदवारी केवल एउटा पद मात्र ओगट्ने बहाना होइन, संस्थागत सुशासन, व्यवसायीहरूको सम्मान र अधिकारको संरक्षण तथा महासङ्घलाई अझ गतिशील, प्रभावकारी र सम्पूर्ण व्यवसायीहरूको साझा घर बनाउने उद्देश्यका लागि हो ।
म चाहन्छु- हरेक व्यवसायीले महासङ्घलाई “मेरो संस्था” भन्ने अनुभूति गरून् । साना, मझौला वा ठूला सबै व्यवसायीका आवाज समान रूपमा सुनिने वातावरण निर्माण होस् । संस्था केही व्यक्तिको मात्र नभई सम्पूर्ण व्यवसायी समुदायको साझा थलोका रूपमा अझ सशक्त बनोस् ।
हिजो जसरी तपाईं व्यवसायी साथीहरूको विश्वास जितेर काम गरेको थिएँ, आगामी दिनमा अझ बढी समर्पण, इमानदारी, मेहनत र जिम्मेवारीका साथ संस्थाको हितमा निरन्तर खटिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।
म पुनः स्पष्ट र दृढ रूपमा समस्त व्यवसायी साथीहरूलाई विश्वास दिलाउन चाहन्छु कि यो मेरो निर्णय कुनै व्यक्तिगत महत्वाकांक्षाको यात्रा नभई संस्थागत विकासको सशक्त अभियान हो, व्यवसायीहरूको आत्मविश्वास र अपेक्षाको सम्मान गर्दै महासङ्घको गरिमा, विश्वसनीयता र प्रभावकारितालाई अझ उच्च शिखरमा पुर्याउने साझा संकल्प हो । त्यसैले तपाईंहरूको साथ, सुझाव, विश्वास र अमूल्य समर्थनको अपेक्षा गर्दै म कोषाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्दछु । धन्यवाद
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












