आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई नेपालले ४१ ओभर २ बलमा अलआउट गर्दै १२२ रनको सानदार जित निकालेको हो ।
कीर्तिपुरस्थिति त्रिवि मैदानमा टस जितेर पहिला बलिङ गरेको अमेरिकाविरुद्ध नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा ३१७ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले अर्धशतक बनाउनुभयो । दीपेन्द्रले ३६ बलको सामना गर्दै चार चौका र चार छक्काको मद्दतमा ५९ रन बनाउनुभयो ।
अन्तिम क्रममा विष्फोटक ब्याटिङ गर्नुभएका ऐरी रनआउट हुनुभएको हो । तेस्रो क्रममा ब्याटिङ गर्नुभएका इशान पाण्डेले ८४ बलको सामना गर्दै आठ चौका र एक छक्काको मद्दतमा ८४ रनको अर्धशतकीय इनिङ खेल्नुभयो ।
कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाउनुभयो भने ओपनर आशिफ शेखले ४३ रन बनाउनुभयो । ओपनर कुशल भुर्तेलले २९ रन जोड्नु भएको खेलमा गुल्सन झा १५ रनमा आउट हुनुभयो । आरिफ शेखले नटआउट १८ रन बनाउनुभयो भने सोमपाल कामीले चार रन जोड्दा नन्दन यादव एक रनमा आउट हुनुभयो । नेपाललाई सस्तैमा समेट्न अमेरिकाका लागि शुभम रञ्जनेले तीन विकेट हात पर्नुभयो भने रुसिल उगारकर र मिलन्दु कुमारले एकएक विकेट हात पर्नुभयो ।
जवाफी ब्याटिङ गरेको अमेरिकाका लागि सञ्जयकृष्ण मूर्तिले अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले संकटमा देखिएको अमेरिकाको ब्याटिङ लाइनलाई उकास्दै ४४ बलको सामना गरेर ५६ रन बनाउनुभयो ।
अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट हात पार्नुभयो भने ललितनारायण राजवंशीले दुई विकेट हात पार्नुभयो । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले एकएक विकेट हात पर्नुभयो ।
लिग–२ को तालिकामा अमेरिका ३८ अंकसहित शीर्ष स्थानमा छ । समान २८ खेल खेलेको नेपाल २४ अंकसहित पाँचौ स्थानमा कायम छ। योसँगै नेपालले अमेरिकालाई त्रिवि मैदानमा लगातार दोस्रो खेलमा हराएको हो । यसअघिको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो । घरेलु मैदानमा भएको यो शृङ्खलाका चारमध्ये तीन खेलमा विजयी हुँदै नेपालले महत्त्वपूर्ण ६ अंक जोडेको छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












