आज पनि एमालेको सचिवालय बैठक, कस्तो होला निष्कर्ष ?
काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ । बैठकमा सचिवालय सदस्यहरुले धारणा राख्नेक्रम आज पनि जारी रहने छ । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आज सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई, खगराज अधिकारीलगायतले धारणा राख्नेछन् ।
गत शुक्रबारदेखि जारी सचिवालय बैठकमा बोल्ने अधिकांश सदस्यले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । १९ सदस्यीय सचिवालयमा अहिलेसम्म १० जना सदस्यहरूले अहिलेसम्म पार्टी पुनर्गठनको पक्षमा धारणा राखेका छन् । विगतमा ओली पक्षमा खरो देखिएका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेललगायत नेताहरूले पनि पार्टी पुनर्गठनमा जोड दिएका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार अहिलेसम्म उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेतले मात्र खुलेर ओलीको प्रतिरक्षा गरेका छन् । बैठकको अन्तिममा आज अध्यक्ष ओलीले सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाहरुको जवाफ दिने कार्यक्रम छ । बैठकले अध्यक्षले प्रस्ताव गरेको कार्यविभाजनलाई संशोधनसहित अन्तिम रूप दिनेछ । यस्तै, केन्द्रीय कमिटी बैठक आह्वान, संविधान संशोधन तथा निर्वाचन समीक्षा कार्यदल गठन हुने बताइएको छ ।
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












