पूर्वराजदूत ओलीद्वारा सिचाङको ‘पर्यावरणीय सभ्यता’ मोडेलको प्रशंसा
काठमाडाैं । चीनका लागि पूर्व नेपाली राजदूत कृष्णप्रसाद ओलीले सिचाङ (तिब्बत) केन्द्रित ‘पर्यावरणीय सभ्यता’ अवधारणाको प्रशंसा गरेका छन्।
सिचाङ ‘शान्तिपूर्ण मुक्ति’ को ७५ वर्ष पुगेको अवसरमा ल्हासामा आयोजित अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै उनले बौद्ध, ताओवाद र हिन्दु दर्शनलाई आधार बनाएर चीनले अघि बढाएको पर्यावरणीय मोडलको चर्चा गरे।
सिचाङ विश्वविद्यालयद्वारा आयोजित कार्यक्रममा मुख्य वक्ताका रूपमा कार्यपत्र प्रस्तुत गर्दै उनले मानव र प्रकृतिबीचको अन्तरनिर्भरतालाई आधुनिक विश्वले पुनः आत्मसात गर्नुपर्नेमा जोड दिए। उनले बौद्ध दर्शनको ‘अहिंसा’, ताओवादको ‘वु वेई’ तथा हिन्दु दर्शनको ‘वसुधैव कुटुम्बकम्’ अवधारणालाई पर्यावरणीय सभ्यताको नैतिक आधारका रूपमा व्याख्या गरे।
ओलीले चीनले ‘इकोलोजिकल सिभिलाइजेसन’लाई राष्ट्रिय विकास रणनीतिको रूपमा अघि बढाएको उल्लेख गर्दै सिचाङ क्षेत्रमा जैविक विविधता संरक्षण, घाँसे मैदान पुनःस्थापना तथा हरित ऊर्जा विस्तारका काम भइरहेको बताए।
उनले नेपाल, भारत र श्रीलंकाले पनि धार्मिक–दार्शनिक परम्परालाई वातावरण संरक्षणसँग जोडेर अघि बढिरहेका उदाहरण प्रस्तुत गरे। नेपालमा सामुदायिक वन, भारतमा नदी संरक्षण अभियान तथा श्रीलंकामा बौद्ध नैतिकतामा आधारित वातावरणीय अभ्यासलाई उनले उल्लेख गरे।
सिचाङलाई ‘विश्वको छानो’ र ‘तेस्रो ध्रुव’ भन्दै उनले त्यहाँका हिमनदीहरू एसियाका अर्बौं मानिसका लागि पानीको स्रोत भएकाले यसको संरक्षण विश्वकै साझा दायित्व भएको बताए।
उनले ल्हासामा नाङ्गा पहाडमा गरिएको हरियालीकरण, जलविद्युत् विस्तार, सौर्य तथा वायु ऊर्जामा चीनले गरेको लगानी र उपलब्धिहरूको पनि प्रशंसा गरे।
कार्यक्रममा उनले भने, “प्रकृतिमाथि प्रभुत्व होइन, सहअस्तित्व आवश्यक छ।” उनले एसियाली सभ्यताले दिएको दार्शनिक शिक्षाबाट भविष्यको पर्यावरणीय सभ्यता निर्माण गर्नुपर्ने निष्कर्ष प्रस्तुत गरे।
कार्यक्रममा ३०० भन्दा बढी वैज्ञानिक तथा बौद्धिक व्यक्तित्व सहभागी थिए भने २५ अन्तर्राष्ट्रिय विज्ञको सहभागिता रहेको थियो।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...












