चीनमा नेपालसहित चार देशका महिलाको सहभागितामा सेमिनार, साइन्स-टेक र डिजिटल उद्यमशीलतासम्बन्धी विशेष छलफल
काठमाडौं। चीनको राजधानी बेइजिङमा नेपालसहित चारदेशका महिला प्रतिनिधि सहभागी “सेमिनार अन साइन्स टेक इम्पावरमेन्ट एन्ड डिजिटल अन्टरप्रनरशीप फर वुमन” जारी छ । चीन सरकार अन्तर्गतको सम्बन्धित निकायले आयोजना गरेको १५ दिने अन्तर्राष्ट्रिय महिला नेतृत्व तथा क्षमता विकास सेमिनारमा नेपाली महिला टोली पनि सहभागी भएको हो ।
यही मे २८ देखि जुन १० तारिखसम्म आयोजना हुने सेमिनारमा साउथ एसियन चार देशका २५ जना महिला सहभागी छन् । यो कार्यक्रम चीनको चाइना वुमेन्स युनिभर्सिटीले आयोजना गरेको हो । सेमिनारको आकर्षण चीनको विकास मोडल, विज्ञान तथा प्रविधिको प्रयोग, डिजिटल नेतृत्व, प्रशासनिक सुधार र आर्थिक रूपान्तरणको विषय लगायत हुनेछ । सहभागीहरूका अनुसार चीनले विज्ञान, प्रविधि र नीतिगत सुधारमार्फत हासिल गरेको विकास अनुभवलाई बुझ्ने तथा विभिन्न देशका प्रतिनिधिबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
विभिन्न विधाका विज्ञहरुले चाइनाको साइन्स एण्ड टेक्नोलोजी र यसको विकासको इतिहास, कृषि युगबाट चीन विज्ञान र प्रविधिसम्म कसरी आइपुग्यो भन्ने विषयमा प्रष्ट पार्नेछन् । पहिले चीनको साइन्स र टेक्नोलोजीमा पुरुषहरु मात्र सहभागी भइरहेकामा अहिले महिलाहरु कसरी अगाडि बढ्न सफल भए भन्ने विषयमा तालिममा सहभागीहरुलाई जानकारी दिइएको सहभागी विजया तिमल्सेनाले न्युज नेपाल डटकमलाई जानकारी दिएकी छन् ।
अरु देशहरुले चीनबाट के के सिक्न सकिन्छ, महिलाहरु साइन्स एण्ड टेक्नोलोजीको क्षेत्रमा आउन किन जरुरी छ लगायतका विषयमा पनि विज्ञहरुले सहभागीहरुलाई जानकारी दिएका छन् । चीन कुन सिद्धान्त अपनाएर विकासका काममा सफल भयो भन्ने विषयमा पनि सहभागीहरुलाई जानकारी दिइएको छ । १५ दिनको प्रशिक्षणमा साइन्स र टेक्नोलोजीसँगै एआईको प्रयोगको विषयमा सहभागीलाई गहन जानकारी गराइने भएको छ । रोबोटिक्समा कसरी चीन अगाडि बढ्यो र यसको नेपालमा सम्भावनाको विषय पनि छलफलको प्रमुख आकर्षण भएको प्रशिक्षार्थी तिमल्सेनाले जानकारी दिइन् । चीनका विज्ञहरुले पनि नेपालले प्रविधि र उर्जाका क्षेत्रमा भोग्नु परेका चुनौतीहरुका बारेमा पनि जिज्ञासा लिएका छन् । अझै पनि नेपालमा टेक्नोलोजी र उर्जा क्षेत्रमा महिलाहरु अगाडि बढ्न सकेका छैनन् भन्ने विषय आफूहरुले सेयर गरेको सहभागी तिमल्सेनाले बताइन् ।
प्रशिक्षणका क्रममा टोलीले चीनका विभिन्न सहरहरूको अध्ययन भ्रमणसमेत गर्ने कार्यक्रम समेत रहेको छ । यसैक्रममा नेपाली महिला टोलीले बेइजिङस्थित नेपाली दूतावासको भ्रमण गरेको छ । कार्यक्रमको चौथो दिन दूतावास पुगेको नेपाली टोलीले कार्यवाहक राजदूत रोशन खनालसँग भेटवार्ता गर्दै नेपाल–चीनबीच व्यापार, लगानी, उद्यमशीलता तथा आर्थिक सहकार्यका सम्भावनाबारे छलफल गरेको थियो।
भेटका क्रममा साना, मझौला तथा ठूला उद्योगको विकास, विदेशी लगानी भित्र्याउने उपाय तथा दुई देशबीचको सहकार्य विस्तारका विषयमा विचार आदानप्रदान भयो ।
कार्यवाहक राजदूत खनालले आगामी जुलाईमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्ने विषयमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिँदै त्यसमा सहभागी हुन नेपाली उद्यमी तथा कार्यक्रमका सहभागीहरूलाई निमन्त्रणा दिएका छन्। कार्यवाहक राजदूत खनालले नेपाल–चीन आर्थिक सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा दूतावासले पहल गरिरहेको उल्लेख गर्दै नेपाली उत्पादन, विशेषगरी चिया, कफी तथा अन्य निर्यातयोग्य वस्तुहरूको चिनियाँ बजार विस्तारका सम्भावनाबारे पनि चर्चा गरेका थिए।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












