हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोकेर यसको सट्टामा बाब अल–मन्डेबसहित अन्य विकल्पलाई सक्रिय पार्ने जनाएको त्यहाँको अर्धसरकारी समाचार संस्था तस्निमले जनाएको छ । इरानले लेबनानमा इजरायलको कदमको विरोधमा अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदान रोकेको पनि तस्निमको खबरमा उल्लेख छ ।
इरानका विदेशमन्त्री सइद अब्बास अराघचीले सामाजिक सञ्जालमा एक पोस्टमा इरान र अमेरिकाबीच कुनै पनि मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु सबै मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु बराबर भएको बताउनुभएको छ । गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता नहुने इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी राख्नका लागि लेबनानमा युद्धविराम इरानको पूर्व सर्तमध्ये एक भए पनि अहिले त्यहाँ सबै मोर्चामा युद्धविराम उल्लङ्घन गरिएको छ । इरानी संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढाएको युद्ध अपराध अमेरिकाले युद्धविरामको पालना नगरेको स्पष्ट प्रमाण भएको बताउनुभएको छ ।
यसैबीच, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाको ‘नयाँ र विरोधाभासी’ मागका कारण युद्ध अन्त्यका लागि भएको वार्ता प्रक्रिया रोकिएको बताउनुभएको छ । इरान र अमेरिकाबीच ४० दिनको लडाइँपछि अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि उनीहरूले अप्रिल ११ र १२ मा पाकिस्तानको इस्लामावादमा एक चरणको शान्ति वार्ता गरेका भए पनि सहमति हुन सकेको थिएन ।
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...













