नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या उल्लेखनीय वृद्धि, भारतीयको सङ्ख्या उच्च
काठमाडौँ । सन् २०२६ को मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या उल्लेखनीय वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनमा मात्र एक लाख दुई हजार ६२६ विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन् । यो सङ्ख्या सन् २०२५ को मेको तुलनामा १९ प्रतिशतले बढी हो भने कोरोना महामारीअघि सन् २०१९ को मेको तुलनामा ३१ प्रतिशतले बढी हो । बोर्डका अनुसार सन् २०२५ को मेमा ८६ हजार २१६, सन् २०२४ को मेमा ९० हजार २११ र सन् २०१९ को सोही अवधिमा ७८ हजार ३२९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस वर्षको मेमा सन् २०२५ को भन्दा १९ प्रतिशत र सन् २०१९ को सोही अवघिको तुलनामा ३१ प्रतिशतले पर्यटक आवागमन बढेको छ ।
उहाँले भन्नुभयो, “मे आरोहण, पदयात्रालगायतका पर्यटकीय गतिविधिका हिसाबले महत्वपूर्ण मानिन्छ । यो समयमा भारतमा गर्मी समय सुरु हुने भएकाले गर्मी छल्न आउने भारतीय पर्यटकको आकर्षणसमेत बढ्ने गरेको र दक्षिण एसियाली मुलुकका नागरिकले पनि नेपाललाई सस्तो पर्यटकीय गन्तव्यका रूपमा लिन थालेकाले मेमा गत वर्षभन्दा झन्डै ४२ प्रतिशतले बढेको छ ।”
पछिल्लो समय डलरको मूल्यसमेत बढ्दै गएको र डलरको दबाबका कारण भारत सरकारले विदेश भ्रमणसम्बन्धी खर्चमा नियन्त्रण गर्ने कदम अपनाएपछि भारतीय पर्यटकका लागि नेपाल सस्तो मुलुकमा पर्ने भएकाले मेमा मात्रै झन्डै ४० प्रतिशत भारतीय पर्यटक बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्षको मेमा २८ हजार १६० भारतीय पर्यटक नेपालमा आएकामा यो वर्षको सोही अवधिमा ४० हजार ७८२ भारतीय पर्यटकको आवागमन भएको छ ।
तथ्याङ्क अनुसार मेमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ४० हजार ७८२, दोस्रोमा चीनबाट ११ हजार ५१४, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट नौ हजार एक, चौथोमा बङ्गलादेशबाट पाँच हजार २९८ र पाँचौँमा अमेरिकाबाट तीन हजार ३७५ पर्यटक नेपाल घुम्न आएका छन् ।
त्यसै गरी क्षेत्रगत रूपमा सार्क मुलुकबाट ४७.२ प्रतिशत (४८ हजार ४६१), अन्य एसियाली मुलुकबाट १९.९ प्रतिशत (२० हजार ६६२), युरोपबाट १३.१ प्रतिशत (१३ हजार ४४०), अमेरिका क्षेत्रबाट १०.३ प्रतिशत (१० हजार ६१८) मध्यपूर्वबाट १.५ प्रतिशत (एक हजार ५११) र अन्य मुलुकबाट ४.१ प्रतिशत (चार हजार ६१२) विदेशी नेपाल आएका छन् ।
पाँच महिनामा पाँच लाखभन्दा बढी पर्यटक
सन् २०२६ को पाँच महिनामा पाँच लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म पाँच लाख २९ हजार ६३ विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन् ।
यसअघि सन् २०२५ को पाँच महिनामा पाँच लाख एक हजार २६४ र सन् २०२४ को सोही अवधिमा पाँच लाख छ हजार २८० विदेशी पर्यटक नेपाल भित्रिएका थिए । बोर्डका अनुसार यस वर्षको जनवरीमा ९२ हजार ५७३, फेब्रुअरीमा एक लाख पाँच हजार ४१४, मार्चमा एक लाख २० हजार ५१६ र अप्रिलमा एक लाख सात हजार ९३४ पर्यटक नेपाल आएका थिए ।
Comments
अरु समाचार
-
राप्रपामा महामन्त्री डा.धवलशम्शेरसहित १८३ नेताद्वारा सामूहिक राजीनामा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेपछि पार्टीका महामन्त्री डा. धवलशम्शेर राणासहितका शीर्ष नेताहरूले सामूहिक रूपमा...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...
-
बचत रकम फिर्ता गर्न छ हजारभन्दा बढी बचतकर्ताको उजुरी
काठमाडौँ । काठमाडौँ महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार रुपियाँ बचत रकम फिर्ता गरीदिनका लागि...
-
३५ दिने अल्टिमेटम सकिँदापनि त्रिविको जग्गा भएन फिर्ता, अटेरीलाई बल प्रयोग गरेर हटाइने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गर्न दिएको समयसीमा सकिँदासमेत अटेर गरी बसेका संघसंस्था तथा...
-
ओलीले किन गरे एमाले नेतृत्व नछाड्ने घोषणा ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएको भन्दै सेनाको भूमिकामाथि प्रश्न उठाएका छन्...
-
नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ: रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ...
-
आयोगलाई सम्पत्ति विवरण नदिने निष्कर्षमा पुगे पूर्वप्रधानन्यायाधीश र न्यायाधीश
काठमाडौं । पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशबीच चलेको लामो छलफल र बहसपछि उनीहरूले सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण नदिने निर्क्योल गरेका...
-
रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकरलाई भेटेका छन्। पाँच दिने भारत भ्रमणमा...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...












