ओलीले किन गरे एमाले नेतृत्व नछाड्ने घोषणा ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएको भन्दै सेनाको भूमिकामाथि प्रश्न उठाएका छन् । काठमाडौंमा बुधबारआयोजित एक कार्यक्रम मार्फत ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएकोमा असन्तुष्टि जनाएका हुन् । ओलीले ‘बालेनको पक्ष र सुकुमवासीको विपक्षमा सेना हुनुहुँदैन । उहाँहरूले आफूलाई मर्यादित ठाउँमा राख्नुपर्छ भन्ने मेरो सुझाव हो’,भनेका छन् ।
यसैगरी नेतृत्व नछोड्ने उनले घोषणा गरेका छन् । अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्नेगरी अध्यक्ष नबनेको बताए। ‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो । सजिलो सजिलो पर्यो भने अनुकुल बातावरण बन्यो भने प्रधानमन्त्री खान पाइने भयो भने कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याकेर भागिहाल्नु भनेर होइन,’ ओलीले भने । पार्टीलाई सफलतामा लगेर मात्र विदा लिने ओलीले बताएका छन् ।
‘कही आशंका हुन सक्छ । मैले बीचैमा झोला फ्याकेर अलपत्र छोडेर हिँड्ने हो कि त्यो आशंका मनमा नलिनु होला,’ ओलीले भनेका छन्, ‘म अप्ठयारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा विधिसम्मत पार्टीका आफ्ना विधि विधान प्रक्रिया छन् । त्यससंगत मैले विश्राम लिने अवस्था बन्छ ।’ पितृ शोक, गिरफतारी, शल्यक्रिया जस्ता कारणले बीचमा अलमल भएपनि अब नेताहरुसँग भेटवार्ता बाक्लो बनाउने उनले बताए ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












