रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान गरेका छन्।
सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च (एसपीआईईएफ-२०२६) अन्तर्गत आयोजित ‘एससीओको २५ वर्षः व्यापार, आर्थिक तथा व्यावसायिक एजेन्डाको विकासको नयाँ चरण’ विषयक सत्रमा भर्चुघल सम्बोधन गर्दै महतोले नेपालको विशाल जलविद्युत सम्भावना र क्षेत्रीय ऊर्जा व्यापारमा यसको रणनीतिक महत्वलाई उजागर गर्दै रुसी सहभागिताको आवश्यकता औँल्याएका हुन्।
महतोले एससीओलाई भौगोलिक क्षेत्रफल, जनसंख्या तथा आर्थिक अवसरका हिसाबले विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एकको रूपमा वर्णन गर्दै नेपालले एससीओ संवाद साझेदारका रूपमा विशेष रणनीतिक स्थान ओगटेको बताए। नेपालले भारत र चीन दुवैसँग घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्ध कायम राखेकाले क्षेत्रीय आर्थिक सहकार्यका लागि अनुकूल वातावरण रहेको उनको भनाइ थियो।
महतोले नेपालको सबैभन्दा ठूलो आर्थिक सम्पत्ति जलविद्युत क्षेत्र रहेको उल्लेख गर्दै यस क्षेत्रमा रुसी लगानीका लागि पर्याप्त अवसर रहेको बताए। उनले विद्युत उत्पादन, प्रसारण पूर्वाधार तथा क्षेत्रीय ऊर्जा सञ्जाल विस्तारका परियोजनामा रुसी कम्पनीहरूले सहभागिता जनाउन सक्ने धारणा राखे।
कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्रविधि तथा ठूला डेटा सेन्टरहरूको विस्तारसँगै विश्वव्यापी रूपमा ऊर्जा माग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै महतोले नेपालले यसबाट लाभ उठाउन सक्ने बताए। उनका अनुसार नेपालसँग आफ्नै भविष्यको ऊर्जा आवश्यकता पूरा गर्नुका साथै भारत र बंगलादेशजस्ता छिमेकी मुलुकहरूमा विद्युत निर्यात विस्तार गर्ने क्षमता छ।
नेपालको हिमाली भूगोल र तीव्र बहाव भएका नदीहरूले जलविद्युत उत्पादनका लागि प्राकृतिक रूपमा अनुकूल वातावरण सिर्जना गरेको उल्लेख गर्दै उनले यसले पूर्वाधार विकासको लागत घटाउन र ठूला ऊर्जा परियोजनाहरूलाई आर्थिक रूपमा व्यवहार्य बनाउन सहयोग पुर्याउने बताए।
रुसी लगानीकर्ताहरूलाई लक्षित गर्दै महतोले नेपाल, रुस र भारतबीच ऊर्जा सहकार्यको त्रिपक्षीय ढाँचा विकास गर्न प्रस्ताव गरे। यस्तो सहकार्यले क्षेत्रीय ऊर्जा सुरक्षालाई बलियो बनाउने, विद्युत व्यापार विस्तार गर्ने तथा पारस्परिक लाभका आर्थिक साझेदारीलाई प्रोत्साहन गर्ने उनको विश्वास थियो।
रुसको प्रमुख अन्तर्राष्ट्रिय आर्थिक मञ्चका रूपमा परिचित एसपीआईईएफमा हरेक वर्ष विश्वभरका राजनीतिक नेतृत्व, व्यवसायी, लगानीकर्ता तथा विज्ञहरूको सहभागिता रहने गर्दछ। मञ्चमा विश्व अर्थतन्त्रका प्रवृत्ति, लगानीका अवसर तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुने गरेको छ।
तत्कालीन सोभियत संघका विभिन्न मुलुकहरूमा सफल व्यावसायिक यात्रा बनाएका महतो नेपाल र युरेसियाली क्षेत्रबीच आर्थिक सम्बन्ध विस्तारका पक्षधरका रूपमा परिचित छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षसमेत रहेका उनले नेपालमा ऊर्जा, पूर्वाधार तथा औद्योगिक क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न निरन्तर पहल गर्दै आएका छन्।
एसपीआईईएफ–२०२६ मा उनको सहभागितालाई नेपाल-रुस आर्थिक सम्बन्ध सुदृढ गर्ने तथा ऊर्जा क्षेत्रको सहकार्य विस्तार गर्ने प्रयासको निरन्तरताका रूपमा हेरिएको छ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...












