मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले परिस्थिति बदलिएको बताएका छन् । लामिछाने उपप्रधानमन्त्री भइसकेको सन्दर्भमा अब उनलाई प्रधानमन्त्री बन्न पहिलेभन्दा सहज भएको श्रेष्ठको तर्क छ ।
एक अन्तर्वार्ताका क्रममा श्रेष्ठले लामिछानेका चुनौती र सम्भावनाबारे चर्चा गर्दै भने,”पहिले रविजीमाथि मुद्दाको भारी धेरै भएको हुनाले, जस्तो राहदानीको कुरा सर्वोच्चमा विचाराधीन छ, सहकारीको पनि कुरा आयो। ती हिसाबले उनलाई प्रधानमन्त्री हुनबाट छेक्छ कि भन्ने थियो।”
उनले थपे, “तर, उपप्रधानमन्त्री भइसकेको मान्छे प्रधानमन्त्रीमा जान अब पहिले जस्तो कठिन नहोला। अहिलेसम्मको परम्परा हेर्दा ठूला दल नेपाली कांग्रेस, एमाले, माओवादीका सबै अध्यक्ष/सभापतिहरू प्रधानमन्त्री भएका छन्।” श्रेष्ठले पछिल्लो समय सिर्जना भएको राजनीतिक माहोलले पनि लामिछानेलाई सहयोग पुग्ने संकेत गरे । चुनाव अघि बालेन शाह र रवि लामिछानेको पक्षमा बनेको एकता र माहोलले राजनीतिक समीकरणमा प्रभाव पारेको उनले उल्लेख गरे ।
उनले भने, “अहिले बालेनजीको पक्षमा जुन एउटा माहोल क्रिएट भएको छ, त्यसले पनि रविजीलाई अलिकति सहज चाहिँ अवश्य पारेको छ। मुद्दाका कारण उनी अहिले बाहिरिएको जस्तो देखिए पनि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन।”
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












