मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले परिस्थिति बदलिएको बताएका छन् । लामिछाने उपप्रधानमन्त्री भइसकेको सन्दर्भमा अब उनलाई प्रधानमन्त्री बन्न पहिलेभन्दा सहज भएको श्रेष्ठको तर्क छ ।
एक अन्तर्वार्ताका क्रममा श्रेष्ठले लामिछानेका चुनौती र सम्भावनाबारे चर्चा गर्दै भने,”पहिले रविजीमाथि मुद्दाको भारी धेरै भएको हुनाले, जस्तो राहदानीको कुरा सर्वोच्चमा विचाराधीन छ, सहकारीको पनि कुरा आयो। ती हिसाबले उनलाई प्रधानमन्त्री हुनबाट छेक्छ कि भन्ने थियो।”
उनले थपे, “तर, उपप्रधानमन्त्री भइसकेको मान्छे प्रधानमन्त्रीमा जान अब पहिले जस्तो कठिन नहोला। अहिलेसम्मको परम्परा हेर्दा ठूला दल नेपाली कांग्रेस, एमाले, माओवादीका सबै अध्यक्ष/सभापतिहरू प्रधानमन्त्री भएका छन्।” श्रेष्ठले पछिल्लो समय सिर्जना भएको राजनीतिक माहोलले पनि लामिछानेलाई सहयोग पुग्ने संकेत गरे । चुनाव अघि बालेन शाह र रवि लामिछानेको पक्षमा बनेको एकता र माहोलले राजनीतिक समीकरणमा प्रभाव पारेको उनले उल्लेख गरे ।
उनले भने, “अहिले बालेनजीको पक्षमा जुन एउटा माहोल क्रिएट भएको छ, त्यसले पनि रविजीलाई अलिकति सहज चाहिँ अवश्य पारेको छ। मुद्दाका कारण उनी अहिले बाहिरिएको जस्तो देखिए पनि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन।”
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












