‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत विनियोजित बजेट शीर्षकमाथि उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सरकारको प्रमुख दायित्व रहेको उल्लेख गरे।
गृहमन्त्री गुरुङले प्रहरी संगठनभित्र अनुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन प्रहरीका केन्द्रीय तथा प्रदेशस्तरीय प्रमुखहरूलाई मातहतका कर्मचारीहरूको नियमित निगरानी गर्न निर्देशन दिइएको जानकारी दिए। साथै, कार्यसम्पादन मूल्यांकनका आधारमा पुरस्कार तथा दण्डको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिइएको उनले बताए।
उनले भने, “सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति लिएको छ। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु सरकारको प्रमुख दायित्व भएकाले प्रहरी संगठनभित्र प्रभावकारी अनुगमन र मूल्यांकन प्रणाली लागू गर्न निर्देशन दिइएको छ।”
गृहमन्त्री गुरुङले कार्यान्वयन र अनुगमन (Implementation and Follow-up) आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै यस विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारे। उनले आगामी आर्थिक वर्षमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि कुल ७९ वटा भवन निर्माण गर्न बजेट विनियोजन गरिएको जानकारी पनि दिए। “कार्यान्वयन र अनुगमन मेरो पहिलो प्राथमिकता हो। यस विषयमा कुनै प्रकारको सम्झौता गरिने छैन,” उनले सदनमा बताए।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












