वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन र मिलेमतोमा राज्यलाई साढे चार करोड रुपैयाँभन्दा बढी राजस्वको नोक्सानी पुर्याइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। जेनजी नागरिक समाज, पर्वतका तर्फबाट यही असार ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगालमा दर्ता गराइएको (दर्ता नं. सी २०७४१५६) उक्त उजुरीमा गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले र डिभिजन वन कार्यालय, पर्वतका वन अधिकृत हिमाल न्यौपानेले पदको दुरुपयोग गर्दै राज्यको ढुकुटीमाथि धावा बोलेको गम्भीर आरोप लगाइएको छ।
यो पनि पढ्नुस्:
जडीबुटी प्रशोधनको आवरणमा ‘संगठित अपराध’: नेपालको कानून र पर्यावरणको धज्जीचिनियाँ नागरिक वाङ सिफु (Mr. Wang Xifu) मुख्य सञ्चालक रहेको उक्त कम्पनीले स्थानीय बिचौलिया हरि श्रेष्ठको माध्यमबाट वनका अधिकारीहरूसँग आर्थिक साँठगाँठ गरी राज्यका नियमकानूनलाई लत्याउँदै कारखाना सञ्चालन गरिरहेको उजुरीमा उल्लेख छ। नेपाल राजपत्र मिति २०७१/०६/०६ मा प्रकाशित सूचनाअनुसार जडीबुटीजन्य प्रशोधन उद्योग स्थापना गर्दा पहाडी तथा भित्री मधेसमा नदी किनारबाट कम्तीमा पाँच सय मिटरको दूरी कायम गर्नुपर्ने स्पष्ट व्यवस्था छ। तर, सचिव काफ्ले र वन अधिकृत न्यौपानेले आर्थिक लाभ लिएर उक्त कम्पनीलाई सोझै नदी किनारमै कारखाना सञ्चालन गर्न दिई वातावरणीय मापदण्डको ठाडो उल्लङ्घन गरेका छन्।
यति मात्र होइन, कम्पनीबाट निस्कने विषाक्त रासायनिक फोहोरहरू सिधै नदीमा बगाउने गरिएको विषयमा समेत वन कार्यालयका अधिकारीहरू मौन बस्नुले उनीहरूको संलग्नतालाई थप पुष्टि गरेको उजुरीकर्ताको दाबी छ। कम्पनीले हालसम्म करिब १ लाख ८६ हजार लिटरभन्दा बढी केमिकल रातिको समयमा नदीमा विसर्जन गरिसकेको र यसबारे पटक-पटक उजुरी तथा र गुनासाहरू आउँदा पनि कारबाही गर्नुको साटो उल्टै उन्मुक्ति दिइएको छ। उजुरीमा भनिएअनुसार, कम्पनीले खरिद गरेको केमिकलको विवरण नै यसको प्रमाण हो र अख्तियारले उद्योगबाट उक्त कागजात नियन्त्रणमा लिई छानबिन गरेमा तथ्य स्वतः प्रमाणित हुनेछ।
उजुरीमा सबैभन्दा गम्भीर आरोप चुत्रोको सारतत्व (Extract) निकासीमा भएको राजस्व छलीबारे लगाइएको छ। १२ हजार किलो चुत्रोको सारतत्व उत्पादन गर्न ६ लाख किलो कच्चा पदार्थ (चुत्रो) को छुटपुर्जी आवश्यक पर्ने हुन्छ। तर, डिभिजन वन कार्यालय, पर्वतले कानुनबमोजिम हुनुपर्ने परिमाणको छुटपुर्जी नदिई, सेटिङका आधारमा १२ हजार किलो चुत्रोको सारत्वका लागि मात्र १ लाख ५० हजार किलोका दरले छुटपुर्जी जारी गरेको छ। यसरी ८० हजारदेखि १ लाख किलोसम्म चुत्रोको सारतत्व अवैध रूपमा निकासी गरिएको छ। सरकारी राजस्व नियमअनुसार प्रतिकेजी १० रुपैयाँका दरले राजस्व तिर्नुपर्नेमा करिब ४५ लाख किलोग्राम कच्चा पदार्थको छुटपुर्जी जारी नै नगरी राज्यलाई प्रत्यक्ष रूपमा ४ करोड ५० लाख रुपैयाँ बराबरको नोक्सानी पुर्याइएको छ।
यो पनि पढ्नुस्:
जडीबुटी प्रशोधनको आवरणमा ‘प्रकृतिको अवैध दोहन’ https://newsnepal.com/archives/216322
अख्तियारमा दर्ता भएको उजुरीले वन प्रशासनभित्रको डरलाग्दो भ्रष्टाचारको जालोलाई उदाङ्गो पारेको छ। उजुरीकर्ताले सचिव काफ्ले र वन अधिकृत न्यौपानेको अस्वाभाविक जीवनशैली र आर्थिक आर्जनमाथि समेत गम्भीर प्रश्न उठाउँदै उनीहरूमाथि ‘अकुत सम्पत्ति’ आर्जनको अभियोगमा सूक्ष्म अनुसन्धान गर्न माग गरेका छन्। राज्यको राजस्व हिनामिना गर्ने र नियमविपरीत उद्योग सञ्चालन गर्न सघाउने अधिकारीहरूमाथि हदैसम्मको कानुनी कारबाही हुनुपर्ने मागसहितको उक्त उजुरी हाल अख्तियारको छानबिनको चरणमा रहेको छ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...













