अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने बताएका छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले न्यायपालिका र कार्यपालिकाबीच सहकार्य र परिपूरक सम्बन्ध आवश्यक रहेको उल्लेख गरे।
मुख्य रजिस्ट्रार पौडेलका अनुसार अदालतले कुनै मुद्दा आफैँ सिर्जना नगरी नागरिकका संविधानप्रदत्त अधिकारको संरक्षणका लागि निष्पक्ष रूपमा न्याय सम्पादन गर्ने जिम्मेवारी निर्वाह गर्छ। राज्य पक्ष भएको मुद्दामा पनि अदालतले कानुन र संविधानको आधारमा स्वतन्त्र निर्णय गर्ने भएकाले राज्यकै पक्षमा फैसला हुनुपर्छ भन्ने अपेक्षा न्यायिक सिद्धान्तअनुकूल नहुने उनले बताए। उनले न्यायपालिकाको मूल आधार निष्पक्षता भएकाले अदालत कुनै पक्षको प्रभाव वा दबाबमा नपरी तथ्य, प्रमाण र कानुनी व्यवस्थाअनुसार निर्णय गर्न प्रतिबद्ध रहने स्पष्ट पारे।
सरकारी मुद्दाहरूमा सरकार वादी हुँदैमा प्रतिवादीलाई अन्याय हुने गरेर फैसला गर्न नमिल्ने भन्दै उनले अदालतले सरकारको विपरीत फैसला गर्दा सरकारलाई हरायो भनेर बुझ्न नहुने स्पष्ट पारे । उनले थपे, ‘यो त संविधान र कानुनको सीमाभित्र रही गरिएको यथोचित व्याख्या हो, यसलाई सही ढङ्गबाट बुझिदिने हो भने कसैले कसैलाई आरोप लगाउनुपर्ने स्थिति रहँदैन, हामी यो ब्लेम गर्ने कल्चरबाट माथि उठ्नुपर्छ ।’
सम्बोधनका क्रममा मुख्य रजिस्ट्रार पौडेलले नेपालको न्याय प्रणालीमा फैसला कार्यान्वयनको क्षेत्रमा अत्यन्तै गम्भीर चुनौती रहेको तथ्य पनि सार्वजनिक गरे । हालसम्म मुलुकभर १ लाख २१ हजार वर्षभन्दा बढी कैद भुक्तान हुन र करिब ३४ अर्ब रुपैयाँभन्दा बढी जरिवाना असुल हुन बाँकी रहनु चिन्ताजनक अवस्था रहेको उनले बताए । यो डरलाग्दो चित्रलाई फैसला कार्यान्वयनको क्षेत्रमा एक गम्भीर चुनौतीका रूपमा बुझ्नुपर्ने भन्दै उनले यसलाई सम्बोधन गर्न परम्परागत कार्यशैलीभन्दा फरक र नवप्रवर्तनात्मक ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए ।
फैसला कार्यान्वयन प्रक्रियालाई चुस्त, वैज्ञानिक र प्रविधिमैत्री बनाउन अदालतको सूचना प्रणालीलाई सरकारको राष्ट्रिय परिचयपत्र प्रणालीसँग आबद्ध गर्ने तयारी भइरहेको जानकारी उनले दिए । नेपाल सरकारको राष्ट्रिय परिचयपत्र प्रणालीमा करिब २ करोड ५ लाखभन्दा बढी नागरिकको विवरण प्रविष्ट भइसकेको उल्लेख गर्दै उनले अदालतको मुद्दा प्रणालीलाई एपीआईमार्फत राष्ट्रिय परिचयपत्रको डाटाबेससँग जोड्न सके व्यक्तिको ट्र्याकिङ र ठेगाना पहिचान सहज हुने बताए । यस नवप्रवर्तनकारी कार्यले फैसला कार्यान्वयनको विद्यमान दुरूह अवस्थामा क्रान्तिकारी सुधार ल्याउन सक्ने उनको विश्लेषण छ ।
देशको आर्थिक विकास र वैदेशिक लगानी भित्र्याउने वातावरण सिर्जना गर्न अप्रत्यक्ष रूपमा न्यायपालिकाको क्रेडिबिलिटी अर्थात् विश्वसनीयता जोडिने तर्क पनि पौडेलले गरे । विश्व बैंक र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका प्रतिवेदनहरूलाई उद्धृत गर्दै उनले विधिको शासन कमजोर भएका देशहरूमा वैदेशिक प्रत्यक्ष लगानी जान नसक्ने तथ्यको विश्लेषण गरे । लगानीकर्ताले करार व्यवस्थापनमा समस्या पर्दा अदालतबाट सहज न्याय पाइन्छ भन्ने सुनिश्चितता नपाएसम्म पूर्वाधारमा लगानी नगर्ने स्पष्ट पार्दै उनले न्यायपालिका भौतिक रूपमा विकास निर्माणको फिल्डमा नगए पनि विकासमैत्री कानुनी वातावरण सिर्जना गर्ने दायित्व अदालतको नै भएको दाबी गरे ।
अर्को एक प्रसङ्गमा मुख्य रजिस्ट्रार पौडेलले प्रशासनिक संयन्त्र र कर्मचारीतन्त्रमा नवप्रवर्तनको खाँचो रहेको औँल्याए । सेवा प्रवेश गर्दा नयाँ जोसका साथ आउने जनशक्ति बिस्तारै परम्परागत ढाँचामा ओइलाउने अर्थात् बोधो हुने गरेको आफ्नो अनुभव उनले सुनाए । उनले ठुला सुधारको पर्खाइमा बस्नुभन्दा आ-आफ्नो निकायबाट साना तर अर्थपूर्ण सुधारका कामहरू तत्कालै थाल्न र अन्तरनिकाय सूचना आदानप्रदानमा जोड दिन मन्त्रालय तथा विभागका प्रतिनिधिहरूसँग आग्रह गरे ।अन्तरनिकायबिच हुने सूचना आदानप्रदानले सबैको कार्यदक्षता बढाउने र यसको प्रत्यक्ष सकारात्मक प्रभाव सेवाग्राहीमा देखिने उनको तर्क छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












