फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो । दोस्रो हाफमा थप गोल हुन सकेन । ब्राजिलका म्याथेस कुन्हाले खेलको २३ औँ मिनेटमा र ३६ मिनेटमा गरी दुई गोल गरे ।
तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गरे । पिँडुलाका चोटका कारण ब्राजिलका स्टार फरवार्ड नेयमारले आजको खेल पनि खेलेनन् । पाँच पटकको विश्वकप विजेता ब्राजिलले यो विश्वकपको पहिलो खेलमा मोरक्कोसँग १–१ गोलको बराबरी खेलेको थियो ।
हैटीलाई हराएसँगै समूह ‘सी’को शीर्ष स्थानमा पुगेको ब्राजिलको दुई खेलमा ४ अंक भएको छ । विश्वकप फुटबलमा अहिले बिहान पौने ९ बजे टर्कीए र पाराग्वेले खेल्दैछन् । त्यस्तै आज राति नेपाली समयअनुसार पौने ११ बजे नेदरल्यान्डस् र स्वीडेनबीच खेल हुनेछ ।
आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई हरायो । मोरक्कोले पहिलो हाफको शुरुआती दुई मिनेटमै गरेको गोल निर्णायक भयो । मोरक्कोका इस्माल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो दोस्रो मिनेटमै गोल गरेका हुन् ।
आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई हराएसँगै मोरक्कोको पनि समूह ‘सी’ मा ४ अंक भएको छ । विश्वकप फुटबलमा आयोजक अमेरिका अष्ट्रेलियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको छ । नकआउट चरणमा पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो ।
यसअघि हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ । अमेरिकाको सिएटल स्टेडियममा गएराति सम्पन्न खेलमा अमेरिकाले अष्ट्रेलियालाई २ गोलले हरायो । यो जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले २ खेलबाट ६ अङ्क जोडेको छ । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई हराएको थियो ।
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












