विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडेनमाथि ५–१ को फराकिलो जित निकाल्दै नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
समूह ‘ई’ अन्तर्गत क्यानडाको टोरन्टोमा भएको खेलमा जर्मनीले आइभरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्यो । खेलको ३०औँ मिनेटमा कप्तान फ्रान्क केसीले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डेनिस उन्डाभले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीले पुनरागमन जित निकालेको हो ।
डेनिस उन्डाभले ६८औँ मिनेटमा र इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै जर्मनीलाई महत्त्वपूर्ण जित दिलाए । यो जितसँगै जर्मनीले दुई खेलबाट ६ अङ्क जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान पक्का गरेको छ । आइभरी कोस्ट ३ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
समूह ‘एफ’ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको अर्को खेलमा नेदरल्यान्ड्सले स्वीडेनमाथि ५–१ गोल अन्तरले जित हासिल गर्यो । नेदरल्यान्ड्सका लागि ब्रायन ब्रोबीले खेलको छैटौँ र १७औँ मिनेटमा गोल गरे ।दोस्रो हाफको सुरुमै कोडी गाक्पोले अर्को गोल थपे भने ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ४–० बनाए । स्वीडेनका एन्थोनी एलांगाले एक गोल फर्काए पनि खेलको ८९औँ मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सको सहज जित सुनिश्चित गरे ।
उता समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाओ र इक्वेडरबीचको खेल गोलरहित बराबरी भएको छ । यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए । कुराकाओ जर्मनीसँग ७–१ गोलले पराजित भएको थियो भने इक्वेडर आइभरीकोस्टसँग १ गोलले पराजित भएको थियो । आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले १–१ अङ्क जोडेका छन् ।
विश्वकप फुटबलमा अहिले बिहान पौने १० बजे ट्युनिसिया र जापानले खेल्दैछन् । गएराति भएको खेलमा आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै जर्मनी नकआउट चरणमा पुगेको छ । यस्तै स्वीडेनमाथि ५–१ गोलको फराकिलो जित निकाल्दै नेदरल्यान्ड्स समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












