ई-पासपोर्ट प्रकरणमा भन्दै नभनेको विषयलाई मिडिया ट्रायल गरियो: महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले ई-पासपोर्ट छपाइसम्बन्धी करिब ७ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मुछेर चलाइएको ‘मिडिया ट्रायल’तथ्यभन्दा बढी राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले वर्तमान सरकारले कर्मचारी संयन्त्रलाई प्रयोग गरी एमाले र यसका नेताविरुद्ध योजनाबद्ध ढंगले आक्रमण गरिरहेको आरोप लगाए। उनले यस्तो गतिविधिलाई पूर्वाग्रही, निन्दनीय तथा ‘नाजीवादी शैली’ को राजनीतिक हमला भएको टिप्पणी गरेका छन्।
बस्नेतका अनुसार भ्रष्टाचार मुद्दा खेपिरहेका तत्कालीन कानुन उपसचिव पुष्करराज नेपालले दिएको बयानलाई आधार मान्ने हो भने पनि ओलीले ई-पासपोर्ट ठेक्का प्रक्रियालाई थप प्रतिस्पर्धी, पारदर्शी र खुला बनाउन एउटै प्याकेजको सट्टा दुई वटा प्याकेजमा विभाजन गर्न निर्देशन दिएका थिए। यसले कुनै विशेष कम्पनीलाई लाभ पुर्याउने नभई प्रतिस्पर्धा बढाउने, लागत घटाउने र प्रक्रिया पारदर्शी बनाउने उद्देश्य रहेको उनको दाबी छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने ई-पासपोर्ट खरिद तथा मूल्याङ्कन प्रक्रियामा अनियमितता भएको आशंकामा अनुसन्धान अघि बढाइरहेको छ। बस्नेतले उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्रीको संलग्नता कल्पना गर्न नसकिने दाबी गर्दै खरिद प्रक्रियासम्बन्धी यस्ता विषयलाई नजिरका रूपमा स्थापित गरिए वर्तमान तथा भविष्यका अन्य सरकारी निर्णयसमेत विवादमा पर्न सक्ने बताएका छन्।
उनले ओलीमाथि लगाइएका आरोप सरकारद्वारा प्रेरित राजनीतिक बदला तथा जनमत प्रभावित गर्ने प्रयास भएको दाबी गर्दै त्यसको प्रतिरोध गर्न एमाले पंक्ति र सर्वसाधारण एकजुट हुनुपर्ने बताएका छन्। ई-पासपोर्ट ठेक्का प्रकरणबारे अनुसन्धान जारी रहेकाले सम्बन्धित निकायको निष्कर्ष आउन बाँकी रहेको छ।
Comments
अरु समाचार
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...











