कक्षा १२ को नतिजाप्रति विद्यार्थी असन्तुष्ट, माइतीघरमा प्रदर्शन
काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाण्डाैकाे माइतीघरमा प्रदर्शन गरेका छन् । परीक्षा राम्रो दिए पनि अपेक्षाभन्दा निकै कम ग्रेड प्राप्त गरेको गुनासो गर्दै उनीहरूले उत्तरपुस्तिका पुनः परीक्षण गर्नुपर्ने माग राखेका छन् ।
विद्यार्थी रञ्जित कार्कीले परीक्षामा लेखेअनुसारको अङ्क नआएको बताउनुभयो । नतिजा छिटो निकाल्ने नाममा मूल्याङ्कन प्रक्रियामा लापर्बाही गरेको आरोप लगाउँदै उहाँले पुनः परीक्षण निःशुल्क हुनुपर्ने माग पनि राख्नुभयो । विद्यार्थीको गल्ती नभएको अवस्थामा शुल्क लिनु अन्याय हुने उहाँको भनाइ छ ।
विद्यार्थी स्मृति खतिवडाले नतिजाप्रति व्यापक असन्तुष्टि रहेको बताउँदै उत्तीर्ण भएका धेरै विद्यार्थीसमेत आफ्नो नतिजाबाट सन्तुष्ट नरहेको उल्लेख गर्नुभयो । नतिजाको पुनर्योगले मात्र समस्या समाधान नहुने भन्दै उत्तरपुस्तिकाको पुनर्जाँच गर्नुपर्ने उहाँको माग छ ।
विद्यार्थीहरूले त्रुटिपूर्ण परीक्षाफल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।
यसअघि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फेसबुकमार्फत नतिजा प्रकाशन प्रक्रियामा कुनै कमजोरी नभएको स्पष्टीकरण दिनुभएकाे थियाे ।
Comments
अरु समाचार
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...












