एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा आगामी अगस्ट १५ र १६ मा आयोजना हुने भएको छ। ‘लगानी, पर्यटन र पुस्तान्तरणीय सम्बन्धका लागि नेपाली डायस्पोरालाई जोड्ने’ भन्ने मूल उद्देश्यसहित आयोजना हुन लागेको उक्त सम्मेलनले एनआरएनएभित्रको एकतापछि नयाँ ऊर्जा, सहकार्य तथा दीर्घकालीन रणनीतिक दिशानिर्देश प्रदान गर्ने अपेक्षा गरिएको छ। एनआरएनएको एसिया–प्रशान्त क्षेत्रको संयोजनमा हुने उक्त कार्यक्रमको स्थानीय व्यवस्थापन राष्ट्रिय समन्वय परिषद् (एनसीसी) चीनले गर्ने जनाइएको छ।
आयोजकका अनुसार यसअघि ९औँ सम्मेलन थाइल्याण्डमा ‘मिलाप’ र १०औँ सम्मेलन कम्बोडियामा ‘संगम’ शीर्षकमा सम्पन्न भइसकेका छन्। सोही श्रृंखलालाई निरन्तरता दिँदै ‘आरोहण’ सम्मेलनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ। सम्मेलनमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र पर्यटन मन्त्री खड्गराज पौडेलसहित सरकारी पदाधिकारी तथा सांसदहरुको सहभागीता रहने आयोजकले बताएका छन् ।
सम्मेलनमार्फत नेपालमा लगानी विस्तार, पर्यटन प्रवर्द्धन तथा विश्वभर रहेका नेपाली प्रवासीबीच पुस्तान्तरणीय सम्बन्ध सुदृढ गर्ने लक्ष्य लिइएको छ। विशेषगरी ग्वाङझाउको विश्वव्यापी व्यापारिक केन्द्रका रूपमा रहेको अवस्थालाई उपयोग गर्दै व्यवसाय–व्यवसाय (बीटूबी) सञ्जाल विस्तार, प्रत्यक्ष वैदेशिक लगानी आकर्षण तथा प्रवासी नेपालीको सीप, ज्ञान र पूँजीलाई नेपालको विकाससँग जोड्ने रणनीति तय गरिने बताइएको छ।
सम्मेलनका प्रमुख रणनीतिक उद्देश्यहरूमा कृत्रिम बुद्धिमत्ता, पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना प्रविधि र कृषि क्षेत्रमा विज्ञहरूको दर्ता सूची तयार गरी नेपालको विकासमा परिचालन गर्ने, रेमिट्यान्सलाई उत्पादनमुखी लगानीमा रूपान्तरण गर्ने, दक्षिण–पूर्व तथा पूर्वी एसियामा रहेका नेपाली श्रमिकहरूको हित संरक्षण गर्ने तथा युवापुस्तालाई संस्कृति, खेलकुद र अनुभवमूलक कार्यक्रममार्फत जोड्ने योजना समावेश छन्। साथै ‘ग्वाङझाउ घोषणा २०२६’ मार्फत कार्यान्वयनयोग्य सुझावहरू सार्वजनिक गर्ने तयारी गरिएको छ।
एसिया–प्रशान्त क्षेत्रीय संयोजक दिपक कडेलले सम्मेलनलाई सफल बनाउन क्षेत्रभरिका एनआरएनए अगुवा, पदाधिकारी तथा राष्ट्रिय समन्वय परिषद्हरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। उनले भने, “एनआरएनएको एकतापछि आयोजना हुन लागेको यो सम्मेलनले साझा उद्देश्यलाई अझ स्पष्ट पार्दै नेपालमा लगानी र सहकार्यका नयाँ अवसर सिर्जना गर्नेछ।”
यसैबीच, सम्मेलनबारे जानकारी दिन आयोजकले भर्चुअल पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। उक्त पत्रकार सम्मेलन मे २५ (आइतबार) नेपाली समयअनुसार साँझ ५ बजे हुने जनाइएको छ। आयोजकले सरोकारवाला तथा सञ्चारकर्मीहरूलाई गरिमामय सहभागिताका लागि अनुरोध गरेको छ। चीनको ग्वाङझाउमा आयोजना हुने ‘आरोहण २०२६’ सम्मेलनले प्रवासी नेपालीबीच सहकार्य सुदृढ गर्दै नेपालको आर्थिक, सामाजिक तथा पर्यटन क्षेत्रमा ठोस योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
Comments
अरु समाचार
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...











