विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
काठमाण्डौ – फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो खेल जितेको फ्रान्स समूह ‘आई’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । यो समूहबाट साबिक उपविजेता फ्रान्ससहित नर्वे यसअघि नै नकआउट चरणमा पुगिसकेका थिए । गएरातिको खेल समूह विजेता बन्नका लागि निर्णायक थियो ।
यो खेलमा फ्रान्सका उसमान डेम्बेले ह्याट्रिक गरे । उनले खेलको ७ औँ, २० औँ र ३२ औँ मिनेटमा गोल गरे । उनले पहिलो हाफको ३२ मिनेटभित्रै ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासकै दोस्रो सबैभन्दा छिटो ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाए । विश्वकपमा सबैभन्दा छिटो ह्याट्रिक गर्ने कीर्तिमान भने अस्ट्रियाका एरिक प्रोब्स्टको नाममा छ । उनले सन् १९५४ को विश्वकपमा २४ मिनेटभित्र ह्याट्रिक गरेका थिए ।
त्यस्तै फ्रान्सका लागि डिजायर डोएले दोस्रो हाफको इन्जुरी समयमा एक गोल थपे । नर्वेका थेलो आसगार्डले एक गोल फर्काए । नर्वेले यो खेलमा एर्लिङ हालान्डलाई विश्राम दिएको थियो । यो विश्वकपमा यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी र क्यानडा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए । विश्वकप फुटबलमा गए राति नै भएको अर्को खेलमा सेनेगलले इराकलाई ५ गोलअन्तरले हराएको छ । यो समूहमा लगातार तीन खेलमा पराजित इराक भने बाहिरिएको छ ।
Comments
अरु समाचार
-
२०औं एसियन गेम्सः वर्षाले नेपाल र श्रीलंकाको खेल रद्ध, वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा
काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको...
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...












