के हो ५८ स्थानीय तहमा सञ्चालन गरिएको ‘स्रोत बीउ उत्पादन कार्यक्रम’ ?
काठमाडौँ : कृषि विभागले गुणस्तरीय बीउमा किसानको पहुँच बढाउने उद्देश्यले १८ जिल्लाका ५८ स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत उन्नत बीउ उत्पादनलाई प्रोत्साहन गर्न यो कार्यक्रम अघि बढाइएको विभागले जनाएको छ।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण गर्न धानका उत्थानशील जात विकासमा जोड दिइनेछ। साथै धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने (AWD) तथा वर्षाको पानी सङ्कलनजस्ता जलवायु–मैत्री प्रविधिको विस्तार गरिनेछ।
कार्यक्रमअन्तर्गत हर्दिनाथ–१ र हर्दिनाथ–३ वर्णशङ्कर जातको प्रवर्द्धन गरिनेछ। त्यस्तै २१ जोन र पाँच सुपरजोनमार्फत वर्षे तथा चैते धान खेतीमा यान्त्रिकीकरण विस्तार गर्दै मूल्य शृङ्खला विकासमा पनि जोड दिइने विभागले जनाएको छ।
चैते धान प्रवर्द्धनका लागि किसानलाई अनुदान उपलब्ध गराइनेछ। यसै वर्षदेखि विभागले महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का आठ स्थानीय तहमा धानमा आधारित परियोजना पनि सुरु गरेको छ।
— रासस
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...












