दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग करोडौंको कारोबार गरेको देखेपछि जयविरलाई पनि बयानका लागि बोलाएको हो । विभागले जारी गरेको सूचनामा प्रसाद सिंह देउवाका नाति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवा (उमेर करिब ३१ वर्ष) लाई तोकिएको मितिमा विभागमा उपस्थित हुन भनिएको छ ।
जयवीर डडेलधुरा जिल्ला, साविक आसिग्राम गाविस–५ का स्थायी बासिन्दा भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ मा बसोबास गर्दै आएका छन् । विभागले उनको नाममा जारी गरिएको उपस्थितिसम्बन्धी सूचनामार्फत अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ।
विभागले प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान अघि बढाइरहेको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम जारी गरेको सूचनामा, अनुसन्धानका क्रममा केही विषयमा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन विभागको सूचनामा उल्लेख छ।
सूचनाअनुसार जयवीरले ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी ब्लकमा रहेको विभागको कार्यालयमा उपस्थित हुनुपर्नेछ । तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने विभागले चेतावनी दिएको छ ।
Comments
अरु समाचार
-
नक्कली भुटानी शरणार्थी प्रकरणः दुई पूर्वमन्त्रीसहित १४ दोषी, ७ जनाले पाए सफाइ
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई दोषी ठहर...
-
संविधान संशोधन बहसपत्र निर्धारित समयमै बुझाइने, तीन दलले छाडे कार्यदल
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन लेखनको कार्य...
-
आज साँझ ५ बजे न्याय परिषद्को बैठक बस्दै, सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको सम्भावना न्यून
काठमाडौं । प्रधानन्यायाधीश पदमा मनोज शर्मा नियुक्त भएपछि न्याय परिषद्को दोस्रो बैठक आज साँझ बस्दैछ । प्रधानन्यायाधीश शर्माले कार्यभार सम्हालेपछि...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
सभामुखद्वारा संसदमा उठेका प्रश्नको जवाफ र विपद् तयारीबारे जानकारी गराउन सरकारलाई निर्देशन
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। सोमबार बसेको प्रतिनिधि...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...
-
के हो ५८ स्थानीय तहमा सञ्चालन गरिएको ‘स्रोत बीउ उत्पादन कार्यक्रम’ ?
काठमाडौँ : कृषि विभागले गुणस्तरीय बीउमा किसानको पहुँच बढाउने उद्देश्यले १८ जिल्लाका ५८ स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन...











