ताजा समाचार

युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना परिमार्जन गर्नुपर्ने बताएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रविधिसँगै हुर्किएको नयाँ पुस्ताको मनोविज्ञानलाई सम्बोधन नगर्ने हो भने विगतका लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेका राजनीतिक दलहरूको पुनर्जागरण कठिन हुने उल्लेख गरेका हुन् ।

उनले समयको मागअनुसार दलहरू युवामैत्री बन्नुपर्ने र युवाका भावनालाई आत्मसात् गर्दै उनीहरूलाई योजनाबद्ध रूपमा पार्टी तथा आन्दोलनमा जोड्नुपर्नेमा जोड दिएका छन् । ‘समयको माग यही हो- युवामैत्री बनौँ, युवाका भावनालाई आत्मसात् गरौँ र उनीहरूलाई योजनाबद्ध रूपमा पार्टी तथा आन्दोलनमा जोडौँ’, पोखरेलले लेखेका छन् ।

पाेखरेलकाे स्टाटस जस्ताकाे तस्तै

प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर आफ्ना नीति, कार्यक्रम र कार्ययोजना परिमार्जन नगर्ने हो भने, विगतका लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेका राजनीतिक दलहरूको पुनर्जागरण कठिन देखिन्छ। समयको माग यही हो— युवामैत्री बनौँ, युवाका भावनालाई आत्मसात् गरौँ र उनीहरूलाई योजनावद्ध रुपमा पार्टी तथा आन्दोलनमा जोडौँ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org