आईएमई ग्रुपद्वारा बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १० करोड सहयोग
काठमाडौं । आईएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्काल राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
ग्रुपका अनुसार उक्त सहयोग आईएमई ग्रुप तथा यसद्वारा प्रवर्द्धित विभिन्न कम्पनीमार्फत उपलब्ध गराइनेछ। सहयोगमा ग्लोबल आईएमई बैंक, आईएमई लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आईएमई मोटर्स, साझेदार कम्पनी अशोक लेल्यान्ड, आईएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार, आईएमई फाउन्डेसनलगायत अन्य कम्पनीहरूको सहभागिता रहनेछ।
यसैगरी, आईएमई ग्रुपअन्तर्गत कार्यरत कर्मचारीहरूको तर्फबाट समेत एक दिनको तलब बराबरको रकम विपद् प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि उपलब्ध गराइने ग्रुपले जनाएको छ।विपद्का समयमा स्वदेश तथा विदेशबाट राहत सहयोग जुटाउन सहज होस् भन्ने उद्देश्यले आईएमईले विश्वभरबाट नेपाल पठाइने सहयोग रकमका लागि निःशुल्क रेमिटेन्स सेवा उपलब्ध गराएको जनाएको छ। साथै, खल्ती बाइ आईएमई मोबाइल वालेटमार्फत सरकारको उद्धार कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ।
आईएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सामग्रीसमेत उपलब्ध गराउने प्रतिबद्धता ग्रुपले जनाएको छ। आईएमई ग्रुपका अनुसार उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गर्न लागिएको हो। अकल्पनीय विपद्बाट प्रभावित नागरिकको खोज तथा उद्धार, घाइतेहरूको उपचार, प्रभावित परिवारका लागि खाद्यान्न तथा आवश्यक सामग्रीको व्यवस्थापन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले राहत कार्यक्रम अघि बढाइएको हो।
ग्रुपले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, विपद्को यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित सरकारी निकायहरूप्रति कृतज्ञता व्यक्त गरेको छ। आईएमई ग्रुपले यसअघि पनि देशका विभिन्न क्षेत्रमा भएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा अग्रपंक्तिमा रहेर आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












