जलवायु परिवर्तनकै असरले भोटेकोशीमा बाढी, अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइयोः प्रम बालेन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनकै असरले भोटेकोशीमा बाढी आएर नेपालमा अपूरणीय क्षति गरेको कुरा अन्तर्राष्ट्रिय समुदायसमक्ष जानकारी गराउने काम भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा आज (बुधबार) विशेष सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शाहले भोटेकोसी नदीमा आएको बाढी र भएको क्षतिबारेमा संसद बैठकलाई जानकारी गराउनुभयो । उद्धार र राहत व्यवस्थापनको काम निरन्तर जारी रहेको बताउँदै उहाँले भन्नुभयो, “बाढीबाट भएको क्षतिको पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगका लागि सरकारले आव्हान गरेको छ । सरकारले सबै किसिमको प्रयास जारी राख्नेछ ।”
विपद र विपदपछिको अवस्थाका बारेमा प्रदेश र स्थानीय सरकारसँग सहकार्य र समन्वय भइरहेको बताउँदै प्रधानमन्त्री शाहले विपदबाट माथि उठ्न सबैको हातेमालो र सहयोगको खाँचो औल्याउनुभयो । तत्काल गर्न सक्ने काम सरकारले गरेको छ, अब बाँकी गर्नुपर्ने कामका लागि पनि सरकार गम्भीर प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
“सुरुङको एउटा टनेलमा एक वा दुईभन्दा बढी स्काभेटर लगाउन सक्ने अवस्था छैन । भौगोलिक अवस्था र अन्य कारणले पनि सुरुङ्को टनेलको उत्खनन्मा धेरै स्काभेटर एकै ठाउँमा लगाउन सक्ने अवस्था नभएर उद्धारमा ढिलो भएको हो” उहाँले भन्नुभयो, “उद्धारमा संलग्न सबै पक्ष दिलोज्यान दिएर काम गरिरहनुभएको छ, उद्धार कार्यमा संलग्नहरुको प्रोत्साहन सबैले गर्नुपर्छ ।”
नेपाल सरकारले सबै संघ संस्था, सरोकारवाला निकाय, समाजसेवी, अन्तर्राष्ट्रिय दातृ निकाय सबैसँग आग्रह र आव्हान गरेको बताउँदै प्रधानमन्त्री शाहले सबैसँगको सहकार्य र समन्वय सरकारले आज पनि गरेको छ, भोलि पनि गर्छ भन्नुभयो ।
प्रधानमन्त्री शाहले भोटेकोसी बाढीले गर्दा ज्यान गुमाउनु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो । शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दे घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । आफन्तहरु बेपत्ता भएका परिवारजनको दुःख र पीडा आफूलाई गहिरोसँग महुशस रहेको बताउनुभएको छ ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












