पार्टीलाई ‘फुट र विभाजनतर्फ धकेल्ने षड्यन्त्र’ प्रति सचेत रहन अपिल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएको विवाद र गुटगत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’को हस्ताक्षरमा जारी प्रेस वक्तव्यमा पार्टीलाई फुट र विभाजनतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न अपिल गरिएको छ।
पार्टीको आन्तरिक वैचारिक, राजनीतिक तथा संगठनसम्बन्धी विषयमा बहस र छलफल भइरहेको अवस्थामा केही कमरेडहरूले त्यसलाई विचारको बहसबाट विषयान्तर गर्दै तोडमोड गर्ने तथा पार्टीलाई विभाजित गर्ने गतिविधि गरेको वक्तव्यमा उल्लेख छ। वक्तव्यमा पार्टीले विगतदेखि नै नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका वैचारिक, राजनीतिक, आर्थिक र संगठनात्मक समस्याको अध्ययन तथा बहस गर्दै आएको जनाउँदै त्यसैको निष्कर्षका आधारमा राष्ट्रिय सम्मेलनको तयारी भइरहेको उल्लेख गरिएको छ।
पार्टीले अहिलेको विवादलाई वैचारिक बहसका रूपमा समाधान गर्नुपर्नेमा जोड दिएको छ। वैज्ञानिक समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न पार्टीभित्रको एकता अनिवार्य रहेको भन्दै तर्कपूर्ण र तथ्यमा आधारित बहसबाट निष्कर्षमा पुग्नुपर्ने उसको भनाइ छ। यसअघि प्राकृतिक विपत्तिका कारण पार्टीले राष्ट्रिय सम्मेलनसमेत स्थगित गरेको थियो। रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि सम्मेलन स्थगित गरी नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा परिचालन गरिएको पार्टीले जनाएको थियो।
पार्टीले विपद्को समयमा समेत केही व्यक्तिले पार्टीको निर्णय, विधान र अनुशासनविपरीत गतिविधि गरेको आरोप लगाएको छ। वक्तव्यमा नेतृत्वविरुद्ध कपोलकल्पित र अवाञ्छित गालीगलौज गर्ने, गलत अर्थ लाग्ने गरी प्रचारबाजी गर्ने तथा पार्टीको निर्णयविपरीत गतिविधि गर्ने प्रयास भएको उल्लेख छ। यस्ता गतिविधिले पार्टीभित्र भ्रम र विभाजन सिर्जना गर्न सक्ने भन्दै नेकपा ९बहुमत० को केन्द्रीय कार्यालयले पार्टी पंक्ति र आम जनतालाई त्यस्ता प्रचारबाट प्रभावित नहुन आग्रह गरेको छ। पार्टीले राष्ट्रिय सम्मेलनका लागि अघि सारिएका विषयमा गम्भीर वैचारिक बहस, अध्ययन तथा अनुसन्धानमा सहभागी हुन पनि नेता–कार्यकर्तालाई आह्वान गरेको छ। पार्टीभित्रको वैचारिक बहसलाई तार्किक निष्कर्षमा पुर्याउँदै क्रान्तिकारी आन्दोलनलाई सुदृढ बनाउन सबै तहका नेता–कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा वक्तव्यले जोड दिएको छ।
यसैबीच, नेकपा (बहुमत) ले यसअघि तयारी नपुगेको भन्दै राष्ट्रिय सम्मेलन असोज ५ देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो। तर पछिल्लो बाढीपहिरो र प्राकृतिक विपत्तिका कारण सम्मेलन स्थगित गरिएको र नयाँ मिति केन्द्रीय समितिको बैठकबाट तय गरिने जनाएको छ। ‘सबै पार्टी सदस्यहरू एकताबद्ध होऔँ’ भन्ने आह्वानसहित जारी वक्तव्यमा पार्टीको वैचारिक तथा संगठनात्मक एकता कायम राख्दै वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढ्न सबै कमरेडलाई आग्रह गरिएको छ ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












