केरुङबाट १,५०० नेपाली फर्काउने तयारी, १७६ ट्रक तथा कन्टेनर ‘डाइभर्ट’ गरिने
काठमाडौं । परराष्ट्र मन्त्रालयले चीनको तिब्बतस्थित केरुङमा करिब १ हजार ५०० नेपाली नागरिक रहेको जनाएको छ। मन्त्रालयले उनीहरूलाई स्वदेश फर्काउन चिनियाँ पक्षसँग आवश्यक समन्वय भइरहेको जानकारी दिएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले केरुङमा रहेका नेपालीमध्ये छिट्टै स्वदेश फर्कन चाहने नागरिकलाई नेपाल ल्याउन चीनसँग समन्वय भइरहेको बताए।
“हाल करिब १५ सय जना नेपाली नागरिकहरू केरुङमा रहेका छन् र छिट्टै फर्कन चाहनेहरूका लागि हामी चिनियाँ पक्षसँग समन्वय गरिरहेका छौँ,” प्रवक्ता क्षेत्रीले भने। गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा र तनहुँलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। उक्त बाढीपछि सीमावर्ती क्षेत्रमा आवागमन प्रभावित हुँदा केही नेपाली नागरिक केरुङमा रोकिएका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार केरुङमा नेपालीका १७६ वटा ट्रक तथा कन्टेनरसमेत रोकिएका छन्। ती ट्रक तथा कन्टेनरलाई उपयुक्त सीमा नाकाबाट नेपालतर्फ डाइभर्ट गराउन चिनियाँ अधिकारीहरूसँग समन्वय भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।
“केरुङमा रहेका १७६ वटा नेपाली ट्रक तथा कन्टेनरहरूको हकमा, तिनलाई उपयुक्त सीमा नाकाबाट डाइभर्ट गराउनका लागि हामी चिनियाँ अधिकारीहरूसँग समन्वय गरिरहेका छौँ,” उनले भने।
यसैबीच, भदौ १० गते आएको बाढीपछि सीमाको चिनियाँ क्षेत्रमा करिब १०० नेपाली नागरिक बेपत्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले उनीहरूको अवस्थाबारे खोज तथा समन्वयका लागि आवश्यक पहल भइरहेको जनाएको छ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












