फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता, सेप्टेम्बर २३ देखि नियमित उडान
पोखरा। फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता भएको छ ! पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुन लागेको अवसरलाई थप प्रभावकारी बनाउन फ्लाई दुबई (flydubai) र पोखरा महानगरपालिकाबीच पोखरा–दुबई हवाई सेवाको प्रवर्द्धनका लागि सहकार्यसम्बन्धी समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ।
पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवाको संयुक्त प्रवर्द्धन तथा पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोडिएको प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले पनि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको जनाइएको छ ।
समझदारीअनुसार आगामी २३ सेप्टेम्बर २०२६ देखि सञ्चालनमा आउने पोखरा–दुबई हवाई सेवाबारे आमजनतामा जानकारी तथा जनचेतना अभिवृद्धि गर्न दुवै पक्षले सहकार्य गर्नेछन्। हवाई सेवाको प्रवर्द्धनसँगै पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने कार्यलाई समेत समझदारीले प्राथमिकता दिएको छ।
समझदारीपत्रअन्तर्गत पोखरा महानगरपालिकाले प्रचलित कानुन, महानगरपालिकाका प्रक्रिया तथा उपलब्धताको अधीनमा रही फ्लाई दुबईका प्रचार सामग्री प्रदर्शनका लागि लगातार १५ दिनसम्म उपयुक्त सार्वजनिक वा महानगरीय प्रचारस्थल निःशुल्क उपलब्ध गराउने भएको छ। त्यस्ता स्थानमा सडकका पोलमा विज्ञापन गर्ने स्थान, सार्वजनिक प्रदर्शन क्षेत्र, महानगरपालिकाका परिसर तथा दुवै पक्षले सहमति गरेका अन्य स्थानहरू समावेश हुन सक्नेछन्।
त्यसैगरी, महानगरपालिकाले आफ्ना आधिकारिक डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल तथा संस्थागत सञ्चार माध्यममार्फत हवाई सेवाको प्रचार–प्रसारमा सहयोग गर्नेछ। आवश्यक समन्वय तथा सम्बन्धित सरोकारवाला निकायसँग सहकार्यका लागि समेत महानगरपालिकाले सहजीकरण गर्नेछ।
फ्लाई दुबई (flydubai ) ले भने प्रचार सामग्रीको डिजाइन, उत्पादन, छपाइ, ढुवानी, जडान तथा हटाउने सम्पूर्ण जिम्मेवारी लिनेछ। साथै, सहमत भएका प्रवर्द्धनात्मक गतिविधिका लागि आवश्यक कलाकृति, तस्बिर, भिडियो, उडानसम्बन्धी विवरण, ब्रान्डसम्बन्धी निर्देशिका तथा अन्य डिजिटल सामग्री उपलब्ध गराउनेछ।
दुवै पक्षले आपसी सहमतिमा बाह्य विज्ञापन, डिजिटल प्रवर्द्धन, गन्तव्य ब्रान्डिङ, सञ्चारमाध्यममार्फत प्रचार तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्नेछन्। कुनै पनि पक्षको नाम, लोगो वा ब्रान्ड प्रयोग गर्दा सम्बन्धित पक्षको पूर्वस्वीकृति तथा लागू ब्रान्ड निर्देशिकाको पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।
समझदारीअनुसार महानगरपालिकाले उपलब्ध गराउने १५ दिने प्रचारस्थलका लागि महानगरीय स्थान भाडा शुल्क लिइने छैन। तर, प्रचलित नियम तथा प्रक्रियाको पालना गर्नुपर्नेछ। प्रचार सामग्री उत्पादन, जडान तथा हटाउने खर्च फ्लाईदुबईले व्यहोर्नेछ। यसबाहेक कुनै थप आर्थिक दायित्व सिर्जना भएमा छुट्टै लिखित सम्झौता आवश्यक पर्नेछ।
समझदारीअन्तर्गत सञ्चालन हुने सबै गतिविधि प्रचलित कानुन, महानगरपालिकाका प्रक्रिया, हवाई उड्डयनसम्बन्धी मापदण्ड, विज्ञापनसम्बन्धी नियम तथा आवश्यक स्वीकृतिको अधीनमा रहनेछन्। साथै, प्रारम्भिक प्रवर्द्धन अभियानपछि पनि पर्यटन प्रवर्द्धन, गन्तव्य बजारीकरण, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार तथा पारस्परिक हितका अन्य क्षेत्रमा सहकार्यलाई निरन्तरता दिन सकिने व्यवस्था गरिएको छ।
समझदारीपत्रमा हस्ताक्षर भएको मितिदेखि एक महिनासम्म लागू हुने व्यवस्था गरिएको छ। दुवै पक्षको लिखित सहमतिमा यसको अवधि थप, संशोधन वा समाप्त गर्न सकिनेछ। समझदारीसँग सम्बन्धित कुनै विवाद उत्पन्न भएमा दुवै पक्षबीच सद्भावपूर्ण छलफल तथा परामर्शमार्फत समाधान गरिनेछ। समझदारीपत्र नेपालका प्रचलित कानुनअनुसार नियमन तथा व्याख्या हुनेछ।
समझदारीले पोखराको अन्तर्राष्ट्रिय पहिचान थप सुदृढ गर्नुका साथै पर्यटन आवागमन र हवाई सम्पर्क विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ। पोखरा–दुबई हवाई सेवाको प्रवर्द्धनले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन तथा आर्थिक गन्तव्यका रूपमा स्थापित गर्ने महानगरपालिकाको प्रयासलाई समेत थप बल पुग्ने विश्वास गरिएको छ।
समझदारी पत्र :
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












