जलवायु संकटको मूल्य नेपालले किन चुकाउने ? : एमाले प्रचार विभाग प्रमुख आचार्य
काठमाडौँ । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जलवायु संकटको प्रमुख कारण नेपाल नभए पनि त्यसको कठोर असर नेपाली नागरिकले भोगिरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले नेपालको पहिलो राष्ट्रिय जलवायु प्रतिबद्धताअनुसार विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सा करिब ०.०२७ प्रतिशत मात्रै रहेको उल्लेख गरेका छन्।
आचार्यले भनेका छन्, ‘नेपाल जलवायु संकटको प्रमुख कारण होइन। नेपालको पहिलो राष्ट्रिय जलवायु प्रतिबद्धताअनुसार विश्व हरितगृह ग्यास उत्सर्जनमा हाम्रो हिस्सा करिब ०.०२७ प्रतिशत मात्रै छ। तर यसको कठोर असर भने नेपाली नागरिकले भोगिरहेका छन्।’
आचार्यले हालैको भोटेकोशी–त्रिशूली बाढीले घर र सडकमा मात्रै क्षति नपुर्याई नागरिकको जीवन, जीविका तथा वर्षौंको सार्वजनिक लगानीसमेत क्षतविक्षत बनाएको बताएका छन्।
बाढीको घटनासँग जलवायु परिवर्तनको प्रत्यक्ष सम्बन्धबारे विस्तृत वैज्ञानिक अध्ययन आवश्यक रहेको उल्लेख गर्दै आचार्यले हिमाली क्षेत्रमा बढिरहेको विपद्को जोखिमलाई भने अब बेवास्ता गर्न नसकिने बताएका छन्।
‘भोटेकोशी–त्रिशूली बाढीले घर र सडक मात्र बगाएन; नागरिकको जीवन, जीविका र वर्षौंको सार्वजनिक लगानीसमेत क्षतविक्षत बनायो। यस घटनाको जलवायु सम्बन्धबारे विस्तृत वैज्ञानिक अध्ययन आवश्यक भए पनि हिमाली क्षेत्रमा बढिरहेको विपद् जोखिमलाई अब बेवास्ता गर्न सकिँदैन’ आचार्यले भनेका छन्।
नेपालले जलवायुजन्य विपद्बाट भएको क्षतिको प्रमाणित विवरण अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै उनले हानि तथा क्षति कोषबाट अनुदानमा आधारित सहज र प्रत्यक्ष वित्तीय पहुँच सुनिश्चित गर्न सशक्त पहल गर्नुपर्ने बताएका छन्। आचार्यले भनेका छन्, ‘नेपालले यस्ता क्षतिको प्रमाणित विवरण अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै हानि तथा क्षति कोषबाट अनुदानमा आधारित सहज र प्रत्यक्ष वित्तीय पहुँच सुनिश्चित गर्न सशक्त पहल गर्नुपर्छ।’
आचार्यले जलवायु न्याय सहानुभूतिको विषय मात्रै नभई ऐतिहासिक जिम्मेवारी, समानता र नेपालको अधिकारको प्रश्न भएको बताएका छन्। आचार्यले भनेका छन्, ‘जलवायु न्याय सहानुभूति होइन ऐतिहासिक जिम्मेवारी, समानता र हाम्रो अधिकारको प्रश्न हो।’
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












