न्यायाधीश रेग्मी र अख्तियार प्रमुखविरुद्धको महाअभियोग रितपूर्वक छैन: संसद महासचिव पाण्डे
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईमाथि महाभियोगको माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता भएको निवेदन रितपूर्वक नभएकोले उक्त निवेदनमाथि कारवाही नबढ्ने संसद सचिवालयले स्पष्ट पारेको छ ।
संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले संसद सचिवालयमा एक व्यक्तिले महाअधियोगको माग गर्दै निवेदन दर्ता गरे पनि यो कुनै व्यक्ति विशेषले माग गर्ने विषय नभएकोले त्यसलाई अघि बढाउन नमिल्ने बताएका हुन्।
सर्वोच्चका न्यायाधीश र संवैधानिक अंगका पदाधिकारीहरूविरुद्ध प्रतिनिधिसभाको एक चौथाई सदस्यले महाअभिययोगको प्रस्ताव संसद सचिवालयमा दर्ता गर्ने र प्रतिनिधिसभाको कुल कायम सदस्यको दुई तिहाइ बहुमतबाट उक्त प्रस्ताव पारित भए मात्र त्यस्तो न्यायाधीश वा पदाधिकारी पदमुक्त हुने संवैधानिक प्रावधान रहेको छ ।
कुनै पनि व्यक्ति विशेषले सर्वोच्च अदालतको न्यायाधीश र संवैधानिक अंगका पदाधिकारीहरूमाथि महाअधियोगको कारबाही हुने कानूनी प्रावधान रहेको छैन । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १६९ (५) बमोजिम महाभियोग प्रस्ताव पारित गरी पदमुक्त गरी पाउँ भनी शंकर रजक नाम गरेको एक व्यक्तिले भदौ १६ गते संसद् सचिवालयमा उजुरी दर्ता भएको पाइएको छ । संविधान बमोजिम महाअभियोग दर्ता भएको हकमा भने ११ सदस्यीय महाअभियोग सिफारिस समितिले उक्त प्रस्ताव अघि बढाउनेबारे निर्णय गर्ने कानूनी व्यवस्था रहेको छ ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












