ताजा समाचार

ग्यास अभाव भएपछि अनौठो विरोधको शैली, दाउरा बालेर क्याम्पस अगाडि खाना

काठमाडौं । खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंमा अनौठो शैलीमा सरकारको विरोध गरेको छ। ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउन उनीहरूले आरआर क्याम्पस अगाडिको सडकलाई नै भान्साको रूपमा प्रयोग गरे।

सडकमै ईंटा राखेर चुलो बनाइयो, दाउरा बालियो र त्यहीँ खाना पकाइयो। खाना पकाएपछि प्रदर्शनकारीहरूले सडकमै बसेर खाना खाँदै सरकारविरुद्ध विरोध जनाएका थिए। ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई दबाब दिने उद्देश्यले यस्तो विरोधको शैली अपनाइएको विद्यार्थीहरुले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org