एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच फैलाइएको ‘हौवा’को संज्ञा दिएका छन्। आयरल्यान्ड भ्रमणका क्रममा पत्रकारसँग ट्रम्पले भने, “हामीसँग धेरै नकारात्मक शक्ति छन्, जसले नचाहिँदो विषय उठाइरहेका छन् । उनीहरू यस्ता कुरा गरिरहेका छन्, जुन कहिल्यै सम्भव छैन ।”
ट्रम्पले अमेरिका एआई दौडमा चीनभन्दा अगाडि रहेको उल्लेख गर्दै उक्त अग्रता कायम राख्नुपर्नेमा जोड दिएका छन्। उनले एआई विकासको गति सुस्त बनाउने मागको विरोध गर्दै एआई प्रतिस्पर्धामा विजयी हुने देशले विश्वमा प्रभाव कायम गर्ने धारणा व्यक्त गरेका छन्।
यसैबीच, एन्थ्रोपिकका पूर्वअनुसन्धानकर्ता ज्याकोब कक्सनले वर्तमान गतिमा एआई विकास जारी रहे मानव अस्तित्वमै गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। उनले एआई विकासको गति नियन्त्रण गर्न चीनसँग समेत सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका छन्।
एलोन मस्क र स्याम अल्टम्यानलगायत एआई क्षेत्रका प्रमुख व्यक्तिहरूले पनि सुरक्षा जोखिम कम गर्न एआई विकासको गति केही समय सुस्त बनाउनुपर्ने धारणा राखेका छन्। एआईको तीव्र विकाससँगै साइबर आक्रमण, नक्कली मानवीय प्रोफाइल तथा अनपेक्षित व्यवहारका घटनाले यसको सुरक्षा चुनौती थप गम्भीर बनाएको छ।
Comments
अरु समाचार
-
आज हरितालिका तीज पर्व : पशुपतिनाथमा बिहानैदेखि व्रतालुको घुइँचो
काठमाडौँ । हिन्दुको महान् चाड हरितालिका तिज आइतबार दर खाएर सुरु भएको छ। महिला दिदीबहिनीले आइतबार दर खाने र सोमबार...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
कोरोला नाकामा तस्करी बढ्दो, तीन शंकास्पद ट्रक भित्रिए नेपाल
काठमाडौं । एकातिर सरकारले राजस्व चुहावट नियन्त्रणको लागि नाकाहरुमा कडाइ गर्ने चेतावनीसहित गरिब नागरिकले सीमापारीबाट किनेर ल्याएका सय रुपैयाँका सामानमा...
-
नीराहार व्रतको पूर्वतयारीका रूपमा दर, तर बढ्दो तामझामले तीजको सांस्कृतिक अर्थ ओझेलमा
काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आइतबार दर खाने तयारी गरेका छन् । दर खाएसँगै...
-
उपत्यकामा सिलिण्डर ग्यासको माग उच्च, ५ दिनमा २ लाख ३३ हजार वटा बिक्री
काठमाडौँ । पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ ।...
-
पाँच सुधार प्याकेज : शिथिल अर्थतन्त्रलाई गति दिने सरकारको परीक्षा
काठमाडौं। अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारले पाँचवटा विशेष सुधार प्याकेज अघि बढाउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल...
-
सुरुङभित्र फसेकाको उद्धारमा सबैभन्दा ठूलो समस्या के ? टनलिङ एसोसिएसनले सार्वजनिक गर्यो कारण
काठमाडौं । उद्धारकर्मीहरू यो समाचार तयार पारुञ्जेलसम्म विभिन्न सुरुङ संरचनाभित्र फसेका हुनसक्ने मानिसहरूको खोजीमा जुटिरहेका छन्। तर, सुरुङभित्र फसेकाहरूको खोजी...
-
बाढीपछिको पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब रुपियाँ आवश्यक, अर्थसचिव उपाध्याय भन्छन्- बजेट अभाव हुन्न
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि पुनर्निर्माणका लागि सरकारले सात खर्ब २३ अर्ब ३१ करोड ५२...
-
भोटेकोशी बाढी: उत्पादन क्षेत्रमा १ खर्ब ५० अर्ब रुपियाँको क्षति !
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा रु एक खर्ब...












