ताजा समाचार

आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी

काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि खालि छ ।  आजको बैठकले दुईजना सहसचिवलाई सचिव पदका लागि सिफारिस गर्नेछ ।

दुईजना पदाधिकारीका लागि चारजना प्रतिस्पर्धी छन् । प्रतिस्पर्धामा बझाङका गजेन्द्रकुमार सिंह, सोलुखुम्बुका ठगीन्द्र कट्टेल, झापाका रामप्रसाद भट्टराई र कास्कीका बाबुराम दाहाल छन् । उनीहरु एकैदिन २०७४ जेठ १९ गते सहसचिवमा नियुक्ति भएका थिए ।

चारजना प्रतिस्पर्धीमध्ये बाबुराम दाहाल कार्य क्षेत्रमा अब्बल हुन् । दाहाल महाअभियोग लागेका तत्कालीन प्रधानन्यायायधीश चोलेन्द्र शमसेर जबरा समूह निकट भएको उनलाई नजिकबाट जान्ने बुझ्नेहरु बताउँछन् । वर्तमान प्रधानन्यायाशीशसँग पनि उनको निकट सम्बन्ध रहेको स्रोत बताउँछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org