इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार युद्धको खर्च प्रतिमहिना ३ अर्ब डलरका दरले बढ्ने अनुमान छ। यसबीच, ट्रम्प प्रशासनले युद्ध अन्त्य गर्ने र हर्मुज जलयोजक पुनः खुला गर्ने उपाय खोजिरहेको छ।
अगस्ट १ सम्मको कुल खर्चलाई गणना गरेको संसदीय बजेट कार्यालय (सीबीओ) को हिसाबअनुसार, यस युद्धले सन् २०२७ को पहिलो तीन महिनामा मुद्रास्फीति ०.५ प्रतिशतले बढाउने अपेक्षा गरिएको छ । बढ्दो लागतले अमेरिकी हतियार तथा गोलाबारुदको भण्डारमा दबाब सिर्जना गरेको छ र ऊर्जाको मूल्य बढाएको छ । त्यसले गर्दा अन्य सम्भावित द्वन्द्वहरूमा प्रतिक्रिया दिने अमेरिकाको क्षमतामाथि चिन्ता बढाएको छ तथा पहिले नै चापमा रहेको संघीय बजेटमा दबाब थपेको छ ।
यो लागत जुलाई २१ मा सिनेटको सुनुवाइमा रक्षामन्त्री पिट हेगसेथले जानकारी गराएको ३७.५ अर्ब डलरको नजिक रहेको छ । बजेट कार्यालयले अधिकांश लागत गोलाबारुदको तीव्र खपतका कारण भएको जनाएको छ र अमेरिकी भण्डारलाई पुनः पूर्ति गर्न पाँच वर्ष लाग्न सक्ने अनुमान गरेको छ । रोयटर्सले अगस्टमा अमेरिकाले युद्धका क्रममा आफ्ना ‘लगभग सबै’ लामो दूरीका अचूक प्रहार गर्ने क्षेप्यास्त्रहरू (प्रिसिजन मिसाइलहरू) प्रयोग गरिसकेको रिपोर्ट गरेको थियो ।रक्षा मन्त्रालयले संसद्का वित्तीय लेखापरीक्षकहरूलाई सहयोग नगरेको सीबीओले जनाएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि गरेका आक्रमणहरूलाई तेहरानले अमेरिकी कर्मचारी वा हितहरूलाई हानि गर्नबाट रोक्न चालिएको ‘निर्णायक कदम’ का रूपमा ह्वाइट हाउसकी प्रवक्ता आना केलीले वर्णन गरिन् । उनले एक विज्ञप्तिमा अमेरिकी सेनासँग ‘कमान्डर–इन–चिफका सबै रणनीतिक लक्ष्यहरू र त्योभन्दा पनि परसम्म सेवा पुर्याउन पर्याप्तभन्दा बढी हतियार, गोलाबारुद र भण्डारहरू’ रहेको बताएकी छन् ।
पेन्टागनका प्रमुख प्रवक्ता सिन पार्नेलले गोलाबारुदको अभावसम्बन्धी प्रतिवेदनको निष्कर्षलाई खण्डन गर्दै भने, ‘राष्ट्रपतिले चाहेको समय र स्थानमा प्रहार गर्न हामीसँग आवश्यक सबै कुरा उपलब्ध छ ।’ अमेरिकी प्रतिनिधि सभाको बजेट समितिका शीर्ष डेमोक्रेट पेन्सिल्भेनियाका ब्रेन्डन बोयलको अनुरोधमा यो लागत छानबिन गरिएको थियो ।
‘इरानमा डोनल्ड ट्रम्पको विनाशकारी युद्धले बहादुर अमेरिकी सैनिकहरूको ज्यान लिइसकेको छ र अन्यलाई घाइते बनाएको छ,’ बोयलले एक विज्ञप्तिमा भने, ‘त्यस मानवीय क्षतिका अलावा यस गैरदलीय सीबीओ प्रतिवेदनले के प्रस्ट पारेको छ भने युद्धले अमेरिकी करदाताहरूलाई दशौं अर्ब डलर खर्च गराएको छ र यो क्रम अझै जारी छ । साथै, यसले लगातार लागत पनि बढाइरहेको छ ।’इरान युद्धमा १८ जना अमेरिकी सैन्य सेवाका सदस्यहरूको मृत्यु भएको छ ।
प्रतिवेदनमा हर्मुज जलयोजकमा व्यावसायिक जहाजहरूमा भएका हालैका आक्रमण र यस क्षेत्रका अमेरिकी सैन्य अखडाहरूमा भएका आक्रमणहरूको लागत समावेश गरिएको छैन। यसले युद्धको वित्तीय व्यवस्थापनसँग जोडिएको ऋण लिने खर्चलाई पनि समावेश गरेको छैन । त्यसले कुल लागतमा दशौं अर्ब डलर थप्न सक्छ ।
सीबीओको लेखाजोखाले यस युद्धले अमेरिकी रक्षा रणनीति तथा स्थिति र घरेलु अर्थतन्त्रमा व्यापक असर पार्न सक्ने देखाएको छ । क्षेप्यास्त्र रोक्ने संयन्त्र (मिसाइल इन्टरसेप्टर) सहित महत्त्वपूर्ण गोलाबारुदको अभावले चीन र ताइवान संलग्न हुन सक्ने सम्भावित द्वन्द्वजस्ता अन्य ठूला द्वन्द्वको अवस्थामा पेन्टागनको प्रतिकार क्षमतालाई बाधा गर्ने जोखिम रहेको सीबीओले बताएको छ । सिनेटमा जुलाईमा भएको सुनुवाइमा हेगसेथले हतियार तथा गोलाबारुदको पुनः भण्डारणका लागि झन्डै ९० अर्ब डलरको आपतकालीन कोष उपलब्ध गराउन माग गरेका थिए । ‘यी कोषहरू बिना हामी गम्भीर अभावको सामना गर्नेछौं,’ हेगसेथले भने ।
पेन्टागनका महानिरीक्षकले यसै साता रिपोर्ट गरेअनुसार, इरानले मध्यपूर्वका अमेरिकी आधार शिविरहरूमा रहेका सयौं भवनका साथै लडाकु विमान, इन्धन भर्ने विमान र ड्रोनसहितका हवाई साधनहरूमा क्षति गरेको वा नष्ट गरेको छ । उनले जुन १९ सम्मको युद्ध लागत ३३.४ अर्ब डलर पुगेको उल्लेख गर्दै यस रकममा इरानी आक्रमणबाट अमेरिकी कूटनीतिक नियोगहरूमा भएको करिब १८.४ करोड डलर बराबरको क्षति समावेश रहेको बताए ।
हर्मुज जलयोजकमा भएका आक्रमण र छिमेकी खाडी मुलुकका ऊर्जा केन्द्रहरूमा गरिएका प्रहारका कारण सिर्जना भएको ऊर्जा संकटले उपभोक्ता तथा विश्वव्यापी उत्पादकहरूका लागि मूल्य तीव्र रूपमा बढाएको छ । युद्धको बढ्दो लागतले अमेरिकाको खस्किँदो वित्तीय अवस्थामा थप भार थप्ने जोखिम बढाएको छ । अगस्टमा देशको कुल सार्वजनिक ऋण ४०० खर्ब डलर नाघेको थियो ।
Comments
अरु समाचार
-
राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी नेपाल आउँदै, स्वागतका लागि भव्य तयारी…
काठमाडौं। राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी कार्तिक २४ गते नेपाल आउने भएका छन्। उनी रुपन्देहीको सेमरहवामा रहेको आफ्नै सत्संग परिसरमा...
-
आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी...
-
भक्तपुर मालपोतका नायब सुब्बासहित ६ जनाविरुद्ध १० करोड ९२ लाखभन्दा बढीको बिगो दाबीसहित मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति...
-
३३ लाख रुपैयाँ घुससहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे नियन्त्रणमा
काठमाडौं । भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता बढाउँदै लगेको छ। यसैक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज...
-
न्यायाधीशले प्रधानमन्त्रीको मान्छे भेट्दैमा महाभियोग लगाउनु प्रतिशोधपूर्ण हुन्छ : बार अध्यक्ष मिश्र
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्रीको मान्छे भन्दै आउनेलाई व्यक्तिलाई होटलमा भेटेको...
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...













