भोटेकोशी बाढीपीडितका लागि एनआरएनए आईसीसी अन्तर्गतको ‘पीएनओ’ संयोजक कुमार कार्कीद्वारा एक लाख रुपियाँ सहयोग
काठमाडौँ । भोटेकोशीका बाढीपीडितहरूका लागि गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) अन्तर्गतको (पीपुल अफ नेपाली अरिजिन) PNO का संयोजक कुमार कार्कीले एक लाख रुपियाँ सहयोग गर्नुभएको छ।
थाइ नेपाली संघ थाइल्यान्डका पूर्वअध्यक्ष समेत रहनु भएका कार्कीले रसुवा तथा भोटेकोशी क्षेत्रका बाढी प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप तथा राहत कोष (एनआरएनए आपतकालीन कोषमार्फत) मार्फत १ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।
संकटको यो घडीमा PNO का संयोजक कार्की र उहाँको सम्पूर्ण टीमले पुर्याउनुभएको आर्थिक सहयोगले पीडित परिवारहरूलाई राहत र पुनर्निमाणको काममा ईँटामा इँटा थप्न मद्दत पुग्नेछ।
बाढी पीडितका लागि यो एकलाख रुपियाँका अतिरिक्त निर्माण कार्यलगायत अन्य सहयोग पनि जुटाउँदै जाने PNO संयोजक कार्कीले न्यूज नेपाल अपडेटलाई जानकारी दिनु भयो ।
म्यानमारमा जन्म भई हाल थाइल्याण्डलाई कर्मथलो बनाउनु भएका कार्की ‘एनआरएनए एनसीसी थाइल्याण्ड’ का सल्लाहाकार हुनुहुन्छ । वहाँ थाइ नेपाली संघको वर्तमान संरक्षक पनि हुनुहुन्छ । नेपालमा नागरिकता प्रणाली लागू हुनुपूर्व विभिन्न मुलुकमा बसाइँ सरेका नेपाली मूलका नागरिकहरूलाई आफ्नो पुर्खाको भूमिसँग जोड्ने उद्देश्यले पीएनओको स्थापना गरिएको हो। नेपालको सुख–दुःखमा सधैँ साथ दिने लक्ष्य राखेको PNO संस्थाले आगामी दिनमा पनि नेपालमा संस्थागत रूपमा हातेमालो र सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












