भोटेकोशी बाढीपीडितका लागि ‘पीएनओ’ का संस्थापक अध्यक्ष कुमार कार्कीद्वारा एक लाख रुपियाँ सहयोग
काठमाडौँ । नेपाली मूलका विदेशी नागरिक (पीएनओ) का संस्थापक अध्यक्ष सोमाचाइ चात्री उर्फ कुमार कार्कीले रसुवा तथा भोटेकोशी क्षेत्रका बाढी प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप तथा राहत कोष ( एनआरएनए आपतकालीन कोषमार्फत) १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। बाढी पीडितका लागि यो एकलाख रुपियाँका अतिरिक्त निर्माण कार्यलगायत अन्य सहयोग पनि जुटाउँदै जाने अध्यक्ष कार्कीले न्यूज नेपाल अपडेटलाई जानकारी दिएका छन् ।
म्यानमारमा जन्म भई हाल थाइल्याण्डलाई कर्मथलो तथा नागरिकता बनाएका कार्की गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका पूर्व अध्यक्ष हुन्। हाल उनी नेपाली मूलका विदेशी नागरिक (पीएनओ ) का संस्थापक अध्यक्षका रूपमा कार्यरत छन्। नेपालमा नागरिकता प्रणाली लागू हुनुपूर्व विभिन्न मुलुकमा बसाइँ सरेका नेपाली मूलका नागरिकहरूलाई आफ्नो पुर्खाको भूमिसँग जोड्ने उद्देश्यले पिएनओको स्थापना गरिएको हो।
नेपालको सुख–दुःखमा सधैँ साथ दिने लक्ष्य राखेको यस संस्थाले आगामी दिनमा पनि नेपालमा संस्थागत रूपमा हातेमालो र सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष कार्कीले नेपाल सरकारसँग पिएनओ समुदायलाई पनि गैरआवासीय नेपाली नागरिक (एनआरएन) सरहका सीमित अधिकार प्रदान गर्न आग्रह गरेका छन्। त्यसो गरिएमा पिएनओका सन्ततिहरूलाई नेपालका विद्यालय तथा विश्वविद्यालयमा अध्ययन, गुणस्तरीय स्वास्थ्य उपचार, धार्मिक पर्यटन प्रवर्द्धन तथा नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने उनले बताए। साथै, नेपालमा गरिने लगानीबाट प्राप्त प्रतिफल उतै फिर्ता नलगी नेपालकै विकासमा पुनः लगानी गर्ने वातावरण बनाउन सकिने धारणा पनि उनले राखेका छन्।
Comments
अरु समाचार
-
संसदमा दर्ता भएको नयाँ भवन ऐनमा के छ ? ५० वर्ष पुगेका घरको ५–५ वर्षमा परीक्षणलगायत समावेश
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८३ को विधेयक संघीय संसद सचिवालयलमा...
-
वाणिज्य विभागको ‘महानिर्देशक’ बने सहसचिव रितेश शाक्य
काठमाडौं । ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग’ को महानिर्देशक पदको जिम्मेवारी रितेश कुमार शाक्यले सम्हालेका छन् । राष्ट्रपति कार्यालयबाट...
-
संसदमा पेस भयो संघीय निजामती विधेयक, के-के भयो कर्मचारीलाई व्यवस्था ? (पूर्णपाठ)
काठमाडौं । ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ सरकारले संघीय संसद् सचिवालयमा दर्ता गराएको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
हिम्लुङ बेस क्याम्प हिमपहिरोः सम्पर्कविहीन १२ मध्ये चार मृत फेला
काठमाडौं। मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ बेस क्याम्पमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएका थप दुई जनाको शव फेला परेको छ।...
-
अविरल वर्षाका कारण मुलकभरका कुन-कुन सडक अबरुद्ध ?
काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्...
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...













