नेपाली पत्रकारहरुमा लगुताभाष छ, त्यसलाई हटाउनु पर्छ : वरिष्ठ पत्रकार पोख्रेल
नेपाली पत्रकारिताको विकास र विस्तारमा गोकुल प्रसाद पोखरेलको नाम अग्रपङ्तीमा आउँछ । दशकौं लामो पत्रकारिता जीवनमा अनेक अनुभवहरु संगाल्नु भएका वरिष्ठ पत्रकार पोखरेल नयाँ पुस्ताका लागि आदरणीय र प्रेरक व्यक्तित्व हुनुहुन्छ । ८० औं वसन्त पार गरिसक्नुभएका पोखरेल २०१९ सालदेखि राष्ट्रिय समाचार समितिको संवाददाताका रुपमा पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएको हो । उहाँले २०२२ देखि २०३० सालसम्म अंग्रेजी दैनिक ‘द राइजिङ्ग नेपाल’ को सहसम्पादक र प्रधानसम्पादक, २०४२ देखि २०४७ सम्म रोनास्टमा विज्ञान सञ्चार आयोजनाको निर्देशक, २०४७ सालदेखि २०४८ को वीचमा गोरखापत्रको सह प्रकाशन मुना बाल पत्रिकाको प्रथम सम्पादक र नेपाल प्रेस इन्स्टीच्युड (NPI)को संस्थापक सदस्य सचिव र २०५४ सालमा प्रेस इन्स्टीच्युडको अध्यक्षको भूमिका निर्वाह गर्नुभयो । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य, नेपाल आर्य समाजको संरक्षक तथा नेपाल परिवार नियोजन संघ केन्द्रिय अध्यक्षको भूमिकामा समेत रहेर कार्य सम्पादन गर्नुभएका पोखरेलले नेपाल सरकारले दिने राष्ट्रिय पत्रकारिता पुरस्कार लगायत दर्ननौं सम्मानपत्र पाउनुभएको छ । पोखरेल ८० वर्षको उमेरमा पनि सञ्चार क्षेत्रको विकास र विस्तार सक्रिय हुनुभएको छ । वरिष्ठ पत्रकार पोखरेले पत्रकारितामा रहँदा भएको तितामिठा अनुभव संक्षिप्तमा यसरी सुनाउनुभयो ।
म केही वर्षदेखि कुनामै बसेको थिएँ, चर्चामा आउन चाहेको थिईन । म पनि काठमाडौंको मान्छे होईन । घनकुटाको पाखामा जन्मेको मान्छे हुँ । नेपाल खान नपाउनेहरुको मुलुक पो रहेछ । काठमाडौंमा दुई आना जग्गा हुनेहरु करोडपति भएपनि यहाँ खान नपाउने वर्ग धेरै छन् । वर्गसंघर्षको अन्त्य भएको छैन । यहाँ कि त अफगानस्थानमा जस्तै परै ध्वस्त पारेर पुनःनिर्माण गनुपर्छ नत्र भित्रैबाट सुधार गरेर जानुपर्छ ।
राजनीतिले सबै नेपालीको पक्षमा काम गनुपर्ने पार्टी, पक्ष र वर्गको कुराले गर्दा देशले राष्ट्रिय नेता पाउन सकेन । पत्रकारिताले पनि ठीक वेठिक छुट्याउन सकेन । महात्मा गान्धी गुजराती भएर पनि कहिल्यै गुजरातीको मात्रै करा गरेनन्, पक्ष लिएनन् । सबैको पक्ष लिएकैले उनी सर्वमान्य नेता कहिलिए । श्रीलङ्कालाई ३० वर्षसम्म जातिय आधारमा लडाईयो र खत्तम पारियो । हामीले बाहिर ज्ञान र गुरु खोज्न हिड्यौं,अन्तरनिहित ज्ञानतिर ध्यान दिएनौं ।
२०१९ सालबाट राससको रिर्पोटर भएर पत्रकारिता शुरु गरेको हुँ । त्यसको तीन वर्षपछि परीक्षा दिएर ‘दि राइजिङ्ग नेपाल’मा गएँ । कहिल्यौ पनि चाकडी गरेर पद र पहँुचमा पुगिन । जहाँ पनि प्रतियोगिताबाटै छनौट भएर गएँ । ‘दि राइजिङ्ग नेपाल’मा काम गर्दैगर्दा छनत्रवृत्तिमा बेलायत गएर पढ्ने मौका पाएँ । त्यसपछि फ्रान्स, अमेरिका र जापानमा अध्ययन गर्ने मौका मिल्यो । हामी नेपाली पत्रकारहरुमा लगुताभाष छ, त्यसलाई हटाउनु पर्छ । मैले त्यही हटाएँ । अंग्रेजी र नेपालीमा प्रतिस्पर्धा गरेँ, सफल भएँ ।
२०४१ सालमा एन.पि.आई स्थापना गरेँ । जिरो पुँजीबाट शुरु गरेको त्यस संस्थाबाट हाम्रा पत्रकारहरुलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जानसक्ने बनाईयो । त्यसवेला जिल्ला प्रशासन र सञ्चार मन्त्रालयबाट एन.पि.आई. लाई दर्ता गराउन सकिएन । त्यसैले शिक्षा मन्त्रालयबाट दर्ता गराउनु प¥यो । काम गर्दै जान्दा १० दश वर्षपछि डेनिस सहयोग आयो ।
मोफसलमा सबै पत्रिका दुब्लाएको देखेर हामीले त्यो सहयोग मोफसलमै जाने बनायौं । विराटनगर र नेपालगञ्जमा कार्यालय स्थापना ग¥यौं । एन.पि.आई बाट सबै लाभान्वित भए, तर कसैले पनि एन.पि.आई लाई हेरेनन् । त्यसपछि हामीले फेरि डेनिससँग मिडिया विकास कोषका बारेमा कुरा ग¥यौं । उनीहरु सहयोग गर्न तयार भए । त्यो सहयोग हामीले प्रेस काउन्सिलमा पठायौं । त्यसरी त्यहाँ मिडिया विकास कोषको स्थापना हन सकेको हो । एन.पि.आई को ३१ वर्षे इतिहासमा कहिल्यौ पनि सरकारलाई निवेदन गर्न गयनौं । हामी (म र भरतदत्त कोइराला) ले छाड्दा करोडौंका भवन र उपकरण हस्तान्तरण ग¥यौं ।
एन.पि.आई र प्रेस काउन्सिल नेपाल दुवैको लगानी र श्रमशक्तिले महत्वपूर्ण काम गरेको छ । त्यसैको सहयोगमा अहिले देशैभरी एफएम र पत्रपत्रिकाहरु सञ्चालनमा रहेका छन् । छिटो विकासले मापदण्ड विर्साएका छन् । स्वतन्त्रतामा जिम्मेवारीको बोध हुनुपर्छ । एकपटक म विरगञ्ज जाँदा त्यहाँका व्यापारीले यहाँमा पत्रकारहरुले झुटा मुद्दा बोकेर प्रहरीसँग मिलेर पैसा खान्छन् भनेर सुनाएका थिए ।
मुलुकभरी पत्रकारको सञ्जाल छ, विकास पनि भएको छ, सानो ठाउँमा घेरै मिडिया भएकाले अस्वस्थ प्रतिस्पर्धा बढेको छ । युवा पत्रकारको श्रमको अघोषित, अलिखित र अस्पष्ट तरिकाले शोषण भएको छ । एकवर्षसम्म परीक्षण काल भन्दै काम गराएर त्यतिकै पठाउने गरिन्छ ।
आज पत्रकारिता जंगलमा परिणत भएको छ । संक्रमणकालको अवधि किटान नहुँदा अस्थिर राजनीतिलाई कसरी सम्बोधन गर्ने भन्ने चिन्ता बढेको हो । नेताले बाटो देखाउनुपर्नेमा उनीहरु आफैं अलमलमा छन् । भियतनामका होचि मिन्ह र भारतका महात्मा गान्धीजस्ता नेता हामीले पाउन सकेनौं । हामी कि त विदेशी हस्तक्षेपको सिकार हुन्छौ, त्यो नभए हामी आफै लडेर सिद्धिन्छौं र अनि फेरि विदेशीहरु आउँछन । अहिलेको राजनीतिक अवस्था त्यस्तै लाग्छ ।
जापानमा एउटा टेलिभिजन खोल्न कति गाह्रो हुन्छ ? यहाँ यति धेरै टेलिभिजन कसरी टिक्लान ? समस्या छ । सानो वजार, अस्वस्थ प्रतिस्पर्धा र कार्यक्रमको अभाव छ । एउटा रेडियोले आधा घण्टासम्म केश श्रृङ्गारको प्रवचन दिनुपर्ने कार्यक्रमकै अभाव हो ।
प्रस्तुति रमेश दवाडी
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...












