डन्डिफोर किन आउँछ र के गर्ने ?
उफ् ! डन्डिररफोरले हैरान पार्यो ? धेरै युवायुवती ओठ लेप्य्राउँदै पीडा पोख्छन् । टिनेजरहरु यो समस्याले धेरै हैरान भएका हुन्छन् । त्यसो त ३०-४० बर्ष लाग्दासमेत कतिपय महिला अनुहारमा डन्डिफोर निस्कने समस्याले ग्रसुत भएका देखिन्छनन् । आखिर के हो डन्डिफोर ? के गरे मुक्ति मिल्छ ? जानिराख्नुस् :
छालामा हुने एक विशेष प्रकारको तौलिय ग्रन्थिका कारण अनुहारमा डन्डिरफोर आउँछ । यो ग्रन्थिले एक प्रकारको चिल्लो पदार्थ पैदा गर्छ र छालालाई प्राकृतिक रुपमा नै कोमल राख्न सहयोग गर्छ ।
युवा अवस्थामा हर्मोनमा हुने असन्तुलनले छालामा हुने तौलिय ग्रन्तिलाई उत्तेजित पारिदिन्छ । जसलाई बढी प्रभाव पार्छ,उसैलाई बढी डन्डिफोरले सताउँछ । प्रभावस्वरुप शुरुमा हल्का दाग धब्बा जस्तो देखिन थाल्छ । साथसाथै, धेरै चिल्लोका कारण रौंका छिद्रा पनि चौडा हुन थाल्छन् ।
विस्तरै दाग गाढा हुन थाल्छ । यसले रौंका छिद्रा पनि बन्द गरिदिएपछि छिद्राकै मुखमा गाढा दाग कडा आवरणमा देखिन्छ । यसलार्य ‘ह्वाइट हेड’ भनिन्छ । ह्वाइट हेड हावाको सम्पर्कमा गएर अक्सिजनसँग संसर्ग हुँदा कालो हुन थाल्छ । यसले आसपासको छालाको तन्तुमा विकार उत्पन्न गरेर पीडा पैदा गर्छ । यहि भागमा विस्तरै डन्डिफोर बन्छ ।
डन्डिफोर आउने कारण
१. हर्मोनमा परिवर्तन तथा खराबी ।
२. अनियमित महिनावारी ।
३. तनाव र अनिद्रा ।
४. उत्तेजना, क्रोध र भय ।
५. शरीरको फोहोर पसिनाको माध्यमबाट छाला हुँदै बाहिरिनु ।
लामो समयसम्म कब्जियत ।
यसो गरे राम्रो हुन्छ :
१. अनुहार हरदम सफा राख्ने,किनभने धूलो जमेर छालाको छिद्रामा डन्डिफोर निम्तन नपाओस् । सादा पानीले दिनमा ५६ पटक अनुहार पखाल्नु राम्रो हुन्छ ।
२. डन्डिफोर देख्नुहुन्न, निचोरिहाल्ने धेरैको बानी हुन्छ । यो एकदम गलत काम हो । डन्डिफोर नछुनु नै राम्रो हुन्छ ।
३. निम, ध्यूकुमारी जस्ता जडिबुटीको फेसप्याकले अनुहार धुँदा डन्डिफोर चाँडो निको हुन्छ र थप आउन पनि रोक्छ ।
४. राति सुत्नुअघि गुलाबजल र चन्दनको पेस्ट बनाएर हनुहारमा लगाउने र केही बेरमा चिसो पानीले पखाल्लनाले डन्डिफोरमा राहत मिल्छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...













