प्रवासी मजदुर संगठनको सदस्य किन हुने ?
दक्षिण कोरिया प्रवेश गर्नुपूर्व विभिन्न व्यक्ति, संघसंस्थाबाट कोरियामा विरोध प्रदर्शन, आन्दोलन र सभासम्मेलनहरु गर्न पाईदैन । त्यस्तो काम गरेमा सिधै नेपाल फर्काइदिन्छन् भन्ने कुरा व्यापक सुनेको थिएँ । त्यस्तो विभिन्न राजनीतिक दलको हकमा होला तर मजदुर संगठनको हकमा त्यसो हुदैन किन कि म अहिले आफै प्रवासी मजदुर संगठन को सदस्य छु । बिभिन्न कार्यक्रम विरोध प्रदर्शन र र्यालीमा सहभागी रहेको छु । हामीलाई कसैले पनि आफ्नो हकअधिकारको लागि लडाई लड्नबाट बन्चित गराउन मिल्दैन । मैले यसो भन्नुको कारण अहिले पनि हाम्रो मानसिकता भनेको कोरियन सरकारको बिरोध गर्यो या मजदुर संगठनमा आवद्ध भएमा नेपाल पठाई दिन्छ भन्ने मानसिकताले होला । हामी कार्य स्थलमा जतिसुक्कै गाली/गलोच कुटपिट र बिभिन्न प्रकारले काम गर्ने असमर्थ भए पनि चुपचाप सही बस्छौ ।
वास्तममा त्यसको दोषी हामी आफै हुन्छौ । हामी जति चुप लागेर बस्यो त्यती नै हामीलाई यहाँका साहु तथा सिनियरहरुले च्यापेर राख्दा रहेछन् । कुनै कुनै आस्थामा फेरि हाम्रै एक आद नेपाली अगुवाहरुबाट जानकारी लिन खोजेमा कोरियामा बिरोध गर्न पाउदैन साहु राम्रो छैन भने चुप्प लागेर सहनु को विकल्प छैन भन्नु हुन्छ । हो, रिलिज दे भनेर सिधै भन्न न मिले पनि आपूmमाथि हुने अत्याचार को लागि आवाज उठाउन पाउनु हाम्रो अधिकार हो र यसैका लागि एक जुट भएर आवाज उठाउन मिल्ने थलो भने कै MTU नै हो । जुन कोरियन सरकारबाट मान्यता प्राप्त एक मात्र प्रवासी मजदुर संगठन हो ।
यहाँका केहि ब्यक्तीहर बाट झुटो प्रचार पनि गर्ने गरेको देखिन्छ । यो सब पैसा उठाएर खानको लागि मात्र खोलेको संगठन हो । यिनीहरुकै विरोध कै कारणले हाम्रो कोटा कम भए को हो ।
वास्तममा यो शतप्रतिशत मिथ्या हो । हरेक महिना उठने लेबीले अफिसमा काम गर्ने एक जना कर्मचारीलाई सेलरी दिन पनि पुग्दैन । कोरियामा मजदुर संगठन दर्ता भै सकेपछि प्रत्येक बर्ष आयब्ययको हिसाब निवार्य रुपमा कोरियाको बित्त्व बिभागमा पेस गर्नु पर्ने हुन्छ । साथै सदस्यता सुल्क सिधै बैंक खातामा जम्मा हुने भएकाले कसैले पनि भ्रष्टाचार गर्न पाउदैन र इलिगलको या मजदुर संघसंगठनका कारण कोटा घट्ने भन्नू भन्दा पनि या अहिले कोरिया को आर्थिक मन्दीका कारणले र साहुले नेपाली कामदार कम डिमान्ड गरे को भएर कोटा कम भएको हो र MTU ले हमेसा प्रवासी मजदुर कोटा बढनु पर्छ र ज्यादा भन्दा ज्यादा मजदुर कोरिया आउनुपर्छ भन्ने पक्ष मा हुनुका साथै सधै मजदुरको हकहितको लागि लड्ने सबै माझ छर्लङ्ग नै छ । यदी KCTU र MTU जस्ता मजदुर सगठनले माग नउठाएको भए सायदै हाम्रो ‘बेसिक सेलरी’ प्रत्येक बर्ष ‘जनवरी’बाट बढ्ने नै थिएन होला । यहाँका साहु र सरकारले एक पैसा पनि ‘सेलरी’ बढाउन मान्दैनन् ।
जुन ‘इलिगल ‘बस्ने कुरा छ । त्यसको लागि यहाँको साहु र कथकतझ नै पूर्ण तया दोषी छन् । आपूm खुसी कम्पनी चेन्ज गर्न न पाउनु र ३ बर्ष ‘भिषा प्लस’ नगर्नु यसका मुख्य कारण हुन् । ‘इलिगल’ हुन मा दोष चैं यता को system र साहुको हुने आरोप चै हामीलाई लाग्ने र जवरजस्ती स्वदेश फिर्ता पठाई दिने त्यसैले यो सबै समस्याबाट निदान पाउन अहिलेको काम गराउने system मा सुधार गरेर wps system लागु गर्नु जरुरी छ । wps system लागु भएमा मजदुरको काम गर्न पाउनुपर्ने अधिकार सुनिस्चित हुन्छ । यी सबै अधिकार प्राप्ती लागि मजदुर हकहितका लागि सधै सङ्घर्शरत MTU को सदस्य भइ आफ्नो हक अधिकारका लागि आवाज उठाउनु जरुरी छ ।
मधुसुधन ओझा /दक्षिण कोरिया
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...













