पुटिनले ट्रम्पलाई सहयोग गरेको खुलासा
एजेन्सी वासिङटन, २४ पुस । अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पलाई रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले गोप्य रूपमा सहयोग गरेको अमेरिकी गुप्तचर विभागले खुलासा गरेको छ । गुप्तचर विभागले शुक्रबार बुझाएको प्रतिवेदनमा चुनावका वेला पुटिनले ट्रम्पलाई जिताउन सहयोग गरेको उल्लेख छ । सो प्रतिवेदनमा राष्ट्रपतिकी प्रत्यासी हिलारी क्लिन्टनको विपक्षमा निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी ट्रम्पको पक्षमा राष्ट्रपति पुटिनले गुप्त रूपमा साइबर अभियान चलाएको विभागले जनाएको छ ।
२५ पृष्ठ लामो प्रतिवेदन
ह्वाइटहाउसले चुनावअघि र पछि गुप्तचर विभागलाई अुनसन्धान गर्न निर्देशन दिएको थियो । निर्देशनअनुसार गुप्तचर विभागले सूक्ष्म तरिकाले अनुसन्धान गर्यो । गुप्तचर विभागले २५ पृष्ठको लामो प्रतिवेदन नवनिर्वाचित राष्ट्रपति ट्रम्प, ह्वाइट हाउसका अधिकारी र अमेरिकी कंग्रेसलाई भेटर प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाउँदा गुप्तचर निकायका प्रमुखहरू उपस्थित थिए । गुप्तचर विभागका अधिकारीले प्रतिवेदन प्रस्तुत गर्दै गत नोभेम्बरमा सम्पन्न चुनावमा भएका सबै घटनाको विस्तृत जानकारी गराए । गुप्तचर विभागले प्रतिवेदनका केही अंश अन्तर्राष्ट्रिय मिडियासमक्ष सार्वजनिक गरेको हो ।
साइबर अभियान
प्रतिवेदनमा रसियाले साइबर अभियान नै चलाएको उल्लेख छ । रसियाली राष्ट्रपति पुटिनले विशेष व्यक्तिमार्फत अमेरिकी राष्ट्रपतिको चुनावमा साइबर अभियान चलाउन निर्देशन गरेको प्रतिवेदनमा उल्लेख छ । ‘हामीले प्रतिवेदनमा रसियाले कहाँबाट र कसरी साइबर अभियान चलायो भन्ने उल्लेख गरेका छौँ,’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘हाम्रो निष्कर्ष छ, चुनावका क्रममा रसियाले ट्रम्पलाई व्यापक सहयोग गरेको थियो ।’
क्लिन्टनको बदनाम गर्ने उद्देश्य
चुनाव नजिकिँदै जाँदा राष्ट्रपति चुनावकी प्रत्यासी क्लिन्टनको बदनाम गर्ने उद्देश्यका साथ रसियाले रणनीति बनाएको गुप्तचर विभागले दाबी गरेको छ । ‘अमेरिकी जनताको प्रजातन्त्रप्रति विश्वासमा ठेस पुर्याउन क्लिन्टनलाई घात गरी उनको बदनाम गर्ने काम भयो, क्लिन्टनको जितका आधारमा बाधा सिर्जना गर्ने कामहरू भए,’ प्रतिवेदनमा उल्लेख छ । यता, क्रेमलिनले स्पष्ट रूपमा ट्रम्प नै विजयी होस् भन्न अभियानसमेत चलाएको प्रतिवेदनमा उल्लेख छ ।
ट्रम्पको सामान्य प्रतिक्रिया
राष्ट्रपति ट्रम्पले प्रतिवेदनमाथि खासै प्रतिक्रिया दिएनन् । ट्रम्पले रसियाले आफूलाई सहयोग नगरेको दाबी गरेका छन् । निर्वाचनको नतिजा आएको केही दिनपछि ट्रम्पले रसिया ह्याकरका बारेमा अनुसन्धान हुनुपर्ने बताएका थिए । प्रतिवेदनमा उल्लेख भएअनुसार आफूलाई केही जानकारी नभएको पनि ट्रम्पले स्पष्ट पारे । ‘अमेरिकी निर्वाचन प्रभावित हुने गरी रसियाले हस्तक्षेप गरेको सम्बन्धमा मलाई केही थाहा छैन,’ ट्रम्पले भने, ‘मैले आफ्नो क्षमताले नै चुनाव जितेको हुँ ।’
चुनावअघि पनि आरोप
चुनावअघि डेमोक्र्याटिक पार्टीका इमेलहरू ह्याक रसियाले नै गरेको दाबी थियो । डेमोक्र्याटिक पक्षले बासिङटन प्रशासनलाई बारम्बार जानकारी गराएको थियो । तर, वासिङटन प्रशासन चुप लागेर बस्यो । यता, गुप्तचर विभागले पनि रसिया ह्याकरले इमेल ह्याक गरेको खुलासा पनि नगरेको होइन ।
भविष्यमा लाभ उठाउन सक्ने
अमेरिकी गुप्तचर विभागका प्रमुखहरूले अमेरिकी प्रशासन चुप लागेर बस्दा भविष्यमा यस्तो घटना दोहोरिन सक्ने जनाएका छन् । ‘अमेरिकी प्रशासन चुप लागेर बस्दा भविष्यमा आउने कुनै पनि महत्वपूर्ण गतिविधि वा घटनाहरूमा अन्य मुलुकहरूले फाइदा लिन सक्छन्,’ विभागका एक अधिकारीले भने, ‘यसमा रसियाजस्तो मुलुकले निकै फाइदा उठाउन सक्छ, उसले ह्याकरको सहयोगमा आफूले चाहेजस्तो नतिजा निकाल्न सक्छ ।’
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











