पुटिनले ट्रम्पलाई सहयोग गरेको खुलासा
एजेन्सी वासिङटन, २४ पुस । अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पलाई रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले गोप्य रूपमा सहयोग गरेको अमेरिकी गुप्तचर विभागले खुलासा गरेको छ । गुप्तचर विभागले शुक्रबार बुझाएको प्रतिवेदनमा चुनावका वेला पुटिनले ट्रम्पलाई जिताउन सहयोग गरेको उल्लेख छ । सो प्रतिवेदनमा राष्ट्रपतिकी प्रत्यासी हिलारी क्लिन्टनको विपक्षमा निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी ट्रम्पको पक्षमा राष्ट्रपति पुटिनले गुप्त रूपमा साइबर अभियान चलाएको विभागले जनाएको छ ।
२५ पृष्ठ लामो प्रतिवेदन
ह्वाइटहाउसले चुनावअघि र पछि गुप्तचर विभागलाई अुनसन्धान गर्न निर्देशन दिएको थियो । निर्देशनअनुसार गुप्तचर विभागले सूक्ष्म तरिकाले अनुसन्धान गर्यो । गुप्तचर विभागले २५ पृष्ठको लामो प्रतिवेदन नवनिर्वाचित राष्ट्रपति ट्रम्प, ह्वाइट हाउसका अधिकारी र अमेरिकी कंग्रेसलाई भेटर प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाउँदा गुप्तचर निकायका प्रमुखहरू उपस्थित थिए । गुप्तचर विभागका अधिकारीले प्रतिवेदन प्रस्तुत गर्दै गत नोभेम्बरमा सम्पन्न चुनावमा भएका सबै घटनाको विस्तृत जानकारी गराए । गुप्तचर विभागले प्रतिवेदनका केही अंश अन्तर्राष्ट्रिय मिडियासमक्ष सार्वजनिक गरेको हो ।
साइबर अभियान
प्रतिवेदनमा रसियाले साइबर अभियान नै चलाएको उल्लेख छ । रसियाली राष्ट्रपति पुटिनले विशेष व्यक्तिमार्फत अमेरिकी राष्ट्रपतिको चुनावमा साइबर अभियान चलाउन निर्देशन गरेको प्रतिवेदनमा उल्लेख छ । ‘हामीले प्रतिवेदनमा रसियाले कहाँबाट र कसरी साइबर अभियान चलायो भन्ने उल्लेख गरेका छौँ,’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘हाम्रो निष्कर्ष छ, चुनावका क्रममा रसियाले ट्रम्पलाई व्यापक सहयोग गरेको थियो ।’
क्लिन्टनको बदनाम गर्ने उद्देश्य
चुनाव नजिकिँदै जाँदा राष्ट्रपति चुनावकी प्रत्यासी क्लिन्टनको बदनाम गर्ने उद्देश्यका साथ रसियाले रणनीति बनाएको गुप्तचर विभागले दाबी गरेको छ । ‘अमेरिकी जनताको प्रजातन्त्रप्रति विश्वासमा ठेस पुर्याउन क्लिन्टनलाई घात गरी उनको बदनाम गर्ने काम भयो, क्लिन्टनको जितका आधारमा बाधा सिर्जना गर्ने कामहरू भए,’ प्रतिवेदनमा उल्लेख छ । यता, क्रेमलिनले स्पष्ट रूपमा ट्रम्प नै विजयी होस् भन्न अभियानसमेत चलाएको प्रतिवेदनमा उल्लेख छ ।
ट्रम्पको सामान्य प्रतिक्रिया
राष्ट्रपति ट्रम्पले प्रतिवेदनमाथि खासै प्रतिक्रिया दिएनन् । ट्रम्पले रसियाले आफूलाई सहयोग नगरेको दाबी गरेका छन् । निर्वाचनको नतिजा आएको केही दिनपछि ट्रम्पले रसिया ह्याकरका बारेमा अनुसन्धान हुनुपर्ने बताएका थिए । प्रतिवेदनमा उल्लेख भएअनुसार आफूलाई केही जानकारी नभएको पनि ट्रम्पले स्पष्ट पारे । ‘अमेरिकी निर्वाचन प्रभावित हुने गरी रसियाले हस्तक्षेप गरेको सम्बन्धमा मलाई केही थाहा छैन,’ ट्रम्पले भने, ‘मैले आफ्नो क्षमताले नै चुनाव जितेको हुँ ।’
चुनावअघि पनि आरोप
चुनावअघि डेमोक्र्याटिक पार्टीका इमेलहरू ह्याक रसियाले नै गरेको दाबी थियो । डेमोक्र्याटिक पक्षले बासिङटन प्रशासनलाई बारम्बार जानकारी गराएको थियो । तर, वासिङटन प्रशासन चुप लागेर बस्यो । यता, गुप्तचर विभागले पनि रसिया ह्याकरले इमेल ह्याक गरेको खुलासा पनि नगरेको होइन ।
भविष्यमा लाभ उठाउन सक्ने
अमेरिकी गुप्तचर विभागका प्रमुखहरूले अमेरिकी प्रशासन चुप लागेर बस्दा भविष्यमा यस्तो घटना दोहोरिन सक्ने जनाएका छन् । ‘अमेरिकी प्रशासन चुप लागेर बस्दा भविष्यमा आउने कुनै पनि महत्वपूर्ण गतिविधि वा घटनाहरूमा अन्य मुलुकहरूले फाइदा लिन सक्छन्,’ विभागका एक अधिकारीले भने, ‘यसमा रसियाजस्तो मुलुकले निकै फाइदा उठाउन सक्छ, उसले ह्याकरको सहयोगमा आफूले चाहेजस्तो नतिजा निकाल्न सक्छ ।’
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











