इरानी पूर्व राष्ट्रपति रफ्सञ्जानीको निधन
![]()
तेहरान (इरान), २५ पुस । इरानी धर्म गुरु तथा प्रसिद्ध पूर्व राष्ट्रपति अकवर हुजेनी रफ्सञ्जानीको हृदयघातका कारण आइतबार निधन भएको छ । उहाँ ८२ वर्षको हुनुहुन्थ्यो ।
उहाँलाई हृदयघात भएपछि आइतबार तेहरानस्थित स्थानीय एक अस्पताल भर्ना गरिएको थियो तर उहाँलाई बचाउन गरिएको उपचार प्रयासले सफलता पाउन सकेन । आइतबारै उहाँलाई मृत घोषण गरियो ।
यसैबीच इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनीले आफ्ना पुराना मित्र तथा इरानका पूर्व राष्ट्रपति रफ्साञ्जानीको आकस्मिक निधन भएको भन्दै उहाँको मृत्युको खबरले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।
खामेनीले १९७९ को इस्लामिक क्रान्तिमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै मुलुकले एक कर्मयोद्धालाई गुमाएको बताउनुभएको छ ।
इरानी राष्ट्रपति हसन रुहानीले पनि पूर्वराष्ट्रपति रफ् साञ्जानीको निधनप्रति शोक सन्देश जारी गर्दै मुलुकले एक इमान्दार, राष्ट्रप्रेमी एवम् कर्मठ व्यक्तिलाई गुमाएको बताउनुभएको छ । राष्ट्रपति रुहानीले उहाँलाई क्रान्ति, धैर्य र प्रतिरोधका प्रतिक भन्नुभएको छ ।
उहाँको निधनप्रति रुहानी प्रशासनले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सन् १९३४ मा जन्मनुभएका रफ्साञ्जानी इरानका प्रभावशाली राजनीतिज्ञ, धार्मिक विद्धान, र इरानका संस्थापक नेता आयतोल्लाह रुहोल्लाह मुसाभी खोमेनीका विश्वासपात्र हुनुहुन्थ्यो ।
सन् १९८९ देखि १९९७ सम्म राष्ट्रपति भएका रफ्साञ्जानी ले सन् १९७९ को इरानी क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भने जीवनको उत्तराद्र्धमा उहाँलाई अनुदार कट्टरपन्थीहरुका लागि चुनौतीपूर्ण व्यक्तित्वका रुपमा लिइने गरिन्थ्यो । रासस/एएफपी
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












