ट्रम्पविरुद्ध विश्वभर प्रदर्शन, वाशिङटनमा मात्रै ५ लाख जनता सडकमा उत्रिए
काठमाडौं ९ माघ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आहृवान गरिएको प्रदर्शनमा लाखौं मानिस सहभागी भएका छन् । अमेरिकाका विभिन्न सहरका साथै विश्वका अन्य देशहरुमा पनि ट्रम्पविरुद्ध प्रदर्शन तथा र्याली भएको हो ।
विश्वभर ६०० भन्दा बढी र्याली भएका छन्, जसमा अपेक्षा गरिए भन्दा बढी मानिस सहभागी भएका थिए । विश्वभर उनका विरुद्ध प्रदर्शन भइरहँदा उनी भने गुप्तचर एजेन्सी सीआईएको हेडक्वाटर भ्रमणमा गएका थिए । र, उनले प्रदर्शनबारे केही बोलेका छैनन् ।
सबैभन्दा ठूलो प्रदर्शन अमेरिकाको राजधानी वाशिङटनमा भएको छ, जहाँ झण्डै ५ लाख मानिस सहभागी भएको अधिकारीहरुको अनुमान छ ।
ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेलगतै भएको यो प्रदर्शनको उद्देश्य महिला अधिकारलाई प्राथमिकता दिनु छ । किनकी हृवाइट हाउसको नयाँ प्रशासनले महिला अधिकारलाई संकटमा पार्ने अधिकारकर्मीहरुको आशंका छ ।
राष्ट्रपति चुनावमा ट्रम्पसँग पराजित भएकी हिलरी क्लिन्टलले प्रदर्शनका लागि धन्यवाद दिएकी छन् ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











