ट्रम्पविरुद्ध विश्वभर प्रदर्शन, वाशिङटनमा मात्रै ५ लाख जनता सडकमा उत्रिए
काठमाडौं ९ माघ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आहृवान गरिएको प्रदर्शनमा लाखौं मानिस सहभागी भएका छन् । अमेरिकाका विभिन्न सहरका साथै विश्वका अन्य देशहरुमा पनि ट्रम्पविरुद्ध प्रदर्शन तथा र्याली भएको हो ।
विश्वभर ६०० भन्दा बढी र्याली भएका छन्, जसमा अपेक्षा गरिए भन्दा बढी मानिस सहभागी भएका थिए । विश्वभर उनका विरुद्ध प्रदर्शन भइरहँदा उनी भने गुप्तचर एजेन्सी सीआईएको हेडक्वाटर भ्रमणमा गएका थिए । र, उनले प्रदर्शनबारे केही बोलेका छैनन् ।
सबैभन्दा ठूलो प्रदर्शन अमेरिकाको राजधानी वाशिङटनमा भएको छ, जहाँ झण्डै ५ लाख मानिस सहभागी भएको अधिकारीहरुको अनुमान छ ।
ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेलगतै भएको यो प्रदर्शनको उद्देश्य महिला अधिकारलाई प्राथमिकता दिनु छ । किनकी हृवाइट हाउसको नयाँ प्रशासनले महिला अधिकारलाई संकटमा पार्ने अधिकारकर्मीहरुको आशंका छ ।
राष्ट्रपति चुनावमा ट्रम्पसँग पराजित भएकी हिलरी क्लिन्टलले प्रदर्शनका लागि धन्यवाद दिएकी छन् ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











